
सुदिप भट्टराई,भदौ २८,स्याङ्जा।विप्लव नेतृत्वको नेकपा निकट अखिल(क्रान्तिकारी)स्याङ्जाले प्रथम जिल्ला भेला सम्पन्न गरेको छ। उक्त भेलाले अमृत श्रेष्ठको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी गठन गरेको छ।
अखिल(क्रान्तिकारी)स्याङ्जा आयोजक कमिटीका संयोजक अमृत श्रेष्ठको अध्यक्षतामा संचालन भएको उक्त कार्यक्रमको प्रमुख अथिती नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा स्याङ्जा जिल्ला इन्चार्ज विकिरणले गर्नु भएको थियो ।त्यस्तै नेकपाका स्याङ्जा जिल्ला सेक्रेटेरी रुबेल,युवा संगठन नेपाल स्याङ्जाका अध्यक्ष मक्कन गुरुङ,जनपत्रकार संगठनका स्याङ्जाका संयोजक सुदिप भट्टराई लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो।उक्त भेलालाई सम्बोधन गर्दै प्रमुख अथिती विकिरणले “नेपालमा संसदीय व्यवस्था पुर्ण रुपमा असफल भएको भन्दै अब नेपालमा बैज्ञानिक समाजबाद तर्फ रुपान्तरण गर्नु पर्ने भएको र त्यसको निमित्त नेपालका सम्पुर्ण प्रगतिशील युवा तथा विद्यार्थीहरुको महत्त्वपुर्ण भुमिका रहने हुँदा सम्पुर्ण युवाबिद्यार्थीहरु यस संगठनमा आबद्ध रहेर बैज्ञानिक समाजबादको बाटाे लामबद्ध भएर अगाडि बढन आग्रह गर्नु भएको थियो।
त्यस्तै उक्त भेलामा सेक्रेटरी रुबेलले अब नेपालमा बैज्ञानिक तथा सिपमुलक शिक्षा प्रणालिको आवस्यक रहेकोले त्यो दिशा तर्फ लाम्बद्ध भएर अगाडी बड्न आग्रह गर्नु भयो।
कार्यक्रमको संचालन अखिल(क्रान्तिकारी)स्याङ्जाका जिल्ला सदस्य नुमाखर डुम्रेले गर्नु भएको थियोे।