
उत्तम कुमार थापा, भदौ २७, बझाङ। केदारस्यू गाउँपालीकामा निड्स नेपालले युवाहरुलाई सीप विकास सम्वन्धि ३ महिने तालिमको समापन गरिएको छ ।
जिल्लाको केदारस्यू गाउँपालीकामा बेमौसमी तरकारी खेति र बजारमा आधारीत प्राविधिक तथा व्यावसायिक प्रवर्द्धन परियोजना युवाहरुका लागि ३ महिने जुनियर बिल्डिङ्ग ईलोक्टिसियन तालिमको आज समापन गरिएको हो । नेपालले सुदुरपश्चिम प्रदेशका विभिन्न जिल्लाहरुमा बेरोजगार युवाहरुलाई रोजगारी श्रृर्जना गर्नको लागी विभिन्न तालीमहरु स्थानीयतहमा सञ्चालन गर्दै आएको पाईन्छ ।
विगत ३ महिना देखी सञ्चालीत तालीममा निड्स नेपालका उपाध्यक्ष लोकेन्द्र प्रशाद जोशीको अध्यक्षतामा गाउँपालीका अध्यक्ष ईन्द्र भण्डारी प्रमुख अतिथि गाउँपालीका उपाध्यक्ष निशाधामी बिशिस्ट अतिथि निड्स नेपालका सदस्य लक्ष्मी सुनुवार लगाएत पत्रकार तालिममा सहभागीहरुको उपस्थिति रहेको थियो ।
विगत तीन महिना अगाडि देखि सञ्चालन भएको तालिम आज समापन गरेपछि गाउँपालीका अध्यक्ष भण्डारीले भने हाम्रो गाउँपालीकामा आएर यसरी बेरोजगारी युवाहरुलाई रोजगारीको बाटोमा लैजान सहयाग गर्ने निड्स नेपाल देखि सबै सहयोगि सस्थालाई धन्यवाद भन्दै गाउँपालीकाले गर्ने सहयोगमा सदैव युवाको साथमा रहेको उहाँको भनाइ छ ।
त्यसै निड्सका सदस्य रहनु भएका लक्ष्मी सुनारले भने तपाईंले सिकेको सिपलाई कार्यनयनमा ल्याउन अनुरोध गर्दै आगामी दिनमा सस्थाले कहाँ के के गर्नु पर्छ हामी हातेमालो गर्दै अगाडि जाने प्रतिवद्वता जनाउनु भएको हो । कार्यक्रममा बोल्दै उपाध्यक्ष निशा धामीले भन्नू भयो हामीले धेरै तालिम दिएका छौ तर गाउँघरवाट तालिम तालिममा मात्र सिमित भएको बताउदै आगामी दिनमा सबैले यसको उपयोग गर्न अनुराध गर्नु भएको थियो ।
केदारस्यु गाउँपालीकामा सञ्चालीत तालिममा भने २० जना युवा युवती लाई तरकारी तालीमा र २० जना लाई ईलेक्टिसियन सम्वन्धि तालिम दिएको निड्स नेपालका कार्यक्रम सँयोजक विनोद कडाराले बताउनु भएको छ । त्यस्तै केही दिन अगाडि मात्र जयपृथ्वी नगरपालिका वडा नम्वर ७ सुवेडा र खप्तड छान्ना गाउँपालीकामा पनि समापन गरिएको हो । खप्तड छान्नामा गाउँपालीका अध्यक्ष रोकायाले भने अव कामगर्न चाहने युवालाई गाउँपालीकाले सानो सानो सहयोग गर्ने प्रतिवद्धता जायर गरेको निड्का कार्यक्रम सँयोजक विनोद कडाराले बताउनु भयो ।