
नबिन नेपाली ,भदौ २७ अर्घाखाँची।नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीले सन्धिखर्कमा एमसिसि सम्झौता विरुद्ध बेलुन उडाउदै सिटी जुलुस गरेर बिरोध गरेको छ ।
नेपाल कम्यूनिस्ट पार्टीको केन्द्रिय कार्यक्रम अनुसार अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो परियोजना तुरुन्त खारेजिको माग गर्दै कालो बेलुन उडाउदै सिटी जुलुस गरेर बिरोध गरेको सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले जानकारी दिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीका सचिव खेम घर्तिले एमसिसि हाम्रो देशलाई आवश्यक नभएको,यहाँका जनतालाई आवश्यक नभएको बताएका छन । यसै भनाईलाई स्पष्ट पार्दै नेपालमा बाटो र विद्युतिय लाईनको लागी यहाँका दलालहरुले छलेको कर मात्रै असुल गर्ने हो भने एमसिसि परियोजनाको भन्दा ५ गुणा बढि पैसा उठ्ने र त्यसैले देश शिक्षा,स्वास्थ्य,बिद्युत लगायतका बिकासमा टेवा पुग्ने तर हाम्रो बोली र सिटी जुलुसलाई वेवास्ता गरिएमा सिटीको ठाउँमा हतियार उठाउन बाध्य नबनाउन अनुरोध गरेका छन ।
यस्तै सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले यदि साच्चै तिमी सरकार साच्चै जनताका अभिभावक हौ भने भारतले अतिक्रमण ७२ भन्दा बढि ठाउँबाट मिचिएका भुभागहरु फिर्ता ल्याउ, जनताका छोराछोरीलाई निशुल्क शिक्षा देऊ, निशुल्क उपचार गर यो जनताले नचाहेको एमसिसि ल्याएर नेपालीको जनताको छातीमा अमेरीकी शेनाको बुट बजार्ने काम नगर्न चेतावनी दिदैँ आम देशभक्त नागरीकहरुलाई अबको एक मात्र विकल्प वैज्ञानिक समाजवादले मात्र देशको आमुल परिवर्तन हुने बताउँदै एकिकृत जनक्रान्तिको माध्यमबाट वैज्ञानिक समाजवादको बाटोमा लामबद्ध हुन अनुरोध गरेका छन ।
सिटी जुलुस कार्यक्रम भक्तिटोला देखी शान्ति बगैँचा सम्म भएको र कोण सभा गर्दै एमसिसिको खोरेजीको माग गर्दैै बेलुन उडाएर समापन भएको थियो ।