ट्रेन्डीङ्ग

एमसिसि विरुद्ध गुल्मीमा विप्लव नेकपाद्धारा विरोध प्रर्दशन

भदौ २७ गुल्मी ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पाटी गुल्मीले आईतबार मिलेनियम च्यालेन्ज कोअपरेसन एमसिसि विरुद्ध विरोध प्रर्दशन गरेको छ । राष्ट्रघाती एमसिसि सम्झौता खारेज गर , दलाल सरकार होसियार , हाम्रो भुमी फिर्ता गर जस्ता नारा लगाउदै सदरमुकाम तम्घास बजारमा विरोध प्रदर्शन गरेको हो ।


तम्घासको मिलन चोक बाट सुरु भएको विरोध र्यार्ली जिल्ला प्रशासन कार्यालय अगाढी आई कोण सभामा परिणत भएको थियो।कोण सभालाई नेकपाका नेता तारा पोख्रेल र बसन्त गैरेले सम्वोधन गरेका थिए ।

दलित मुक्ती मोर्चाका जिल्ला अध्यक्ष समेत रहेका गैरेले चौतर्फी विरोध भैइरहेको एमसिसि केही नेताले कमिशनको लागी अगाडी बढाउन खोजेको बताए।

एमसिसि राष्ट्रको लागी घातक रहेको सावित भैसकेको बताउदै यसको विरुद्ध सबै नेपाली एक जुट भएर विरोध गर्नु पर्ने उनको धारण रहेको छ ।

त्यस्तै नेकपाका जिल्ला सदस्य तारा पोख्रेलले एमसिसि सम्झौता तत्काल खारेज नभए नेपाली जनताले विद्रोह गर्ने चेतावनी दिएका छन् ।

त्यस्तै राष्ट्रिय जनमोर्चाका अध्यक्ष हरी न्यौपानेले पनि एमसिसि सम्झौता खारेजको माग गर्दै आगमी दिनमा सबै पाटी र देशभकत नागरिकले संयुक्क्त रुपमा आन्दोलन गर्नु पर्ने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?