
२७ भदौ,लमजुङ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लमजुङले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट (एमसिसी) सम्झौता विरुद्ध सिट्टी जुलुस सहित बिरोध प्रदर्शन गरेको छ ।
नेकपाको पुर्ब निर्धारित कार्यक्रम अनुसार आज जिल्ला को बेशिसहर नगरपालिका स्थित शेरा चोक बाट सुरु भै भिमसेन थान परिक्रमा गरि फुलवारी चोकमा एमसिसी खारिजी को माग गर्दै नेकपा लमजुङले कोणसभा गरि सम्पन्न गरेको छ ।
उक्त एमसिसी विरुद्धको कोणसभालाई सम्बोधन गर्दै नेकपा लमजुङ जिल्ला सेक्रेटरी जंग बहादुर भण्डारी (आक्रोश)ले एमसिसी सम्झौता पास गरियो भने लमजुङ जिल्लाका नेताहरुलाई लमजुङ प्रवेश गर्न नदिने चेतावनी दिएका छन ।
उनले यदि नेपालमा एमसिसी पास गरियो भने लमजुङका नेता तथा पुर्ब गण्डकी प्रदेश मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, बर्तमन प्रदेश स्वास्थ मन्त्री मधु अधिकारी गुरुङ (सम्झना) र नेता धननजय दवाडीलाई जिल्ला प्रवेशमा रोक लगाउने र यदि जिल्ला प्रवेश गर्न खोजियो भने कार्वाही गर्ने भन्दै एमसिसी को समर्थन नगर्न आग्रह समेत गरेका छन ।
सेक्रेटरी आक्रोशले राष्ट्रियताको पक्षमा राजनीति दल मात्र नभई अन्य सरोकारवाला निकायहरु जो सुकै होउन हामि सहकार्य गरेर आन्दोलनमा अगाडि बढ्ने बताएका छन ।
यस्तै कोणसभामा बोल्दै नेकपा मध्यनेपाल इन्चार्ज कुमार परियारले आम नेपाली जनताले एमसिसी चाहिदैन भन्दै बिरोध गर्दा गर्दै पनि जसरी योजना बद्ध रुपमा संसद बाट पारित गर्ने षड्यन्त्र गरिएको छ यो हाम्रो पार्टी र नेपाली जनताको लागि असहय छ र यो एमसिसी तत्काल खारिज गर्न चेतावनी दीएका छन ।
यस्तै उक्त कार्यक्रममा बोल्दै युवा संगठन नेपालका लमजुङ संयोजक किसान कुलो ले एमसिसी नेपाली जनताको हितमा नभएकोले आम राष्ट्रप्रेमी दाजुभाइ दिदिबहिनीहरुले एक जुट भएर लाग्नु पर्ने र मुख्यतय युवाहरूले यसका बिरुद्ध खरो रुपमा लाग्नु पर्ने बताएका छन ।
बिरोध प्रदर्शनमा नेकपाका जिल्ला स्तरीय नेता कार्यकर्ताको सहभागीता रहेको उक्त बिरोध प्रदर्शनको कोणसभाको संचालन अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउदले गर्नु भएको थियो ।
यस अघि नेकपा लमजुङले भाद्र २३ गते मध्यनेपालमा कोणसभा गरेको थियो भने हिजो भाद्र २६ गते बेसिसहरको शेरा चोकमा र मध्यनेपालको दुई पिप्लेमा एमसिसी सम्झौता जलाएको थियो !
नेकपाको केन्द्रिय कार्यक्रम अनुसार नेकपाले देशब्यापी रुपमा एमसिसी विरुद्धको बिरोध प्रदर्शन गरिरहेको छ ।