ट्रेन्डीङ्ग

अखिल(क्रान्तिकारी) झापाको अध्यक्षमा सिटौला

प्रविण विद्रोही,झापा,२७ भदौ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी)झापाकाे प्रथम जिल्ला भेला भव्यरूपमा सम्पन्न भएकाे छ।

झापाको सुरूङ्गामा सम्पन्न प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति चयन गरेको छ।

भेलामा प्रमुख अतिथिका रूपमा झापा जिल्ला सचिव तारा थापा(प्रशान्त )काे प्रमुख आतिथ्यता रहेको थियोे भने विशेष अतिथिका रूपमा अखिल (क्रान्तिकारी)मेची-कोशी ब्युरो संयोजक पुष्प न्यौपाने र अतिथिका रूपमा विद्यार्थीका फ्रयाक्सन इन्चार्ज एवम् झापा जिल्ला कार्यालय सचिव सञ्जय राईकाे उपस्थिति रहेको थियोे ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि एवम् झापा जिल्ला सचिव प्रशान्तले देशको राजनीतिक भविष्यकाे निर्धारण गर्ने शक्ति विद्यार्थी रहेको भन्दै विद्यार्थीहरू नै सक्रिय रूपले अगाडि आउनुपर्ने बताए । नेपालकाे हरेक राजनीतिक परिवर्तनमा सबैभन्दा ठुलो भुमिका विद्यार्थीहरूकाे रहेको भन्दै अब अखिल (क्रान्तिकारी) ले राष्ट्रघातका विरूद्व संघर्ष गर्नेबेला आएको बताए ।

त्यस्तै नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै विद्यार्थी नेता पुष्पले झापा सहिद विद्यार्थीकाे ऐतिहासिक भुमि रहेको र देशको परिवर्तनमा झापाली विद्यार्थीकाे भुमिका उच्च रहेको विश्लेषण गरे। उनले विद्यार्थीहरूलाई अन्याय ,अत्याचार नसहन र आवश्यक परे विद्रोह गर्नुर्ने उल्लेख गरे।

कार्यक्रमका प्रमुख वक्ता एवम् अखिल (क्रान्तिकारी)झापाका फ्याक्सन इन्चार्ज सञ्जय राईले नव गठित जिल्ला समितिलाई बधाई तथा शुभकामना दिँदै अब झापाली विद्यार्थीहरूले पुर्वबाट विद्यार्थी आन्दोलनको शुरूवात गर्नेबेला आएकाे भन्दै क्याम्पस तथा विद्यालयहरूमा विद्यार्थीमाथि भएका अन्याय,अत्याचार,चर्को भर्ना शुल्क लगायतका विरूद्व धावा बाेल्नुपर्ने बेला आएको बताए ।

प्रथम जिल्ला भेलाले खगेन्द्र सिटौलाको अध्यक्षतामा १७ सदस्यीय जिल्ला समिति निर्माण गर्दै बैठक सम्पन्न गरेको हो । त्यस्तै उपाध्यक्षमा सन्जय राजवंशी, सचिवमा स्नेहा राई, सह-सचिवमा कविर देव र कोषाध्यक्षमा अस्मिता डागि रहेका छन्,।

त्यस्तै सदस्यहरूमा रुपेश पैड्याल, नियन राजवंशी, कुशल तिमल्सिना, दिलमाया राई, सोभा विश्वकर्मा, सोचन भट्टराई, यमकुमार राजवंशी, रमेश भट्टराई, दावा तामाङ, बिपिन पोख्रेल र कुशल चामलिंङ राई रहेका छन्,।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?