
भदौ २६ दैलेख। विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी दैलेखले आज एमसिसि सम्झौता पत्र दैलेख बजारमा जलाएको छ।
सम्झौता पत्र जलाईसकेपछिको कोण सभामा बोल्दै पार्टी जिल्ला कमिटि सदस्य तथा अखिल (क्रान्तिकारी) दैलेखका अध्यक्ष सुदर्शनले देशलाई अमेरिकी साम्राज्यवादको गुलाम बनाउने र देशको राष्ट्रिय स्वाधिनताका बिरुद्ध गरिने एमसिसि सम्झौता मात्र होईन जनताको चाहना बिपरित जबरजस्त सम्झौता संसदबाट पास गरिएमा यसमा सँलग्न सम्पुर्ण राष्टघातिहरुको एउटै चिहान वनाउन तयार हुनुपर्ने कुरा वताउनु भयो। कोणसभामा नारायण नगरपालिका सेक्रेटरी कमरेड परिबर्तन र बिध्यार्थी नेताहरु उपस्थित रहेका थिए। गुराँस गाउँपालिमा भएको कार्यक्रममा बोल्दै पुर्ब जिल्ला सेक्रेटरी विश्वले अहिले रास्ट्रघाती एमसिसि सम्झौता संसदबाट पास गराउन प्रधानमन्त्री शेर बहादुर देउबा लागि परेको कुरा उल्लेख गर्दै एमसिसि संसदबाट पास भएमा देश अफगानिस्तान, सिरिया र लिबिया हुने कुरामा जोड दिनु भयो। सम्पूर्ण देशभक्त शक्ति एकजुट हुन आग्रह गर्नु भयो।
कार्यक्रममा विशेष कमिट दैलेखका सदस्य चन्द्र बुढा, गुराँस गाउँपालिका कमरेड गगन घर्तिको उपस्थिति रहेको थियो। जिल्लाको रकम कर्णाली बजार लगायतका ठाँउमा पनि समझौता पत्र जलाएको जानकारी जिल्ला सचिव दिपेन्द्रले दिनु भएको छ।