
मुक्ति गैरे,भदौ २६,पाल्पा ।
नेपाल कम्युनिस्ट पार्टीले एमसिसि सम्झौताको पत्र जलाएको छ ।
नेकपा तानसेन नगर समितिले बर्तुङ्ग चाेकमा र रिब्दिकाेट गाउँ पालिकाकाे देउरालीमा नेकपाका नेताहरुकाे उपस्थितिमा उक्त कार्यक्रम गरेको हाे।
एमसिसि सम्झौताको पत्र जलाउदै नेपाल कम्युनिष्ट पार्टीका तानसेननगर समितिका सेक्रेटरी सुमनले कुनै पनि हालतमा नेपालमा एसिसि परियोजना हुन नदिने बताए ।
यस्तै उता रिब्दिकाेट गाँ•पा इन्चार्ज आकाशले एम सि सि सम्झौता कुनै पनि हालतमा पास गर्न हुँदैन र पास भएमा नेपाली जनताले एम सि सि को दलाल भराैटेहरुलाई कार्वाही गर्ने चेतावनी समेत दिएका थिए । पत्र जलाउने कार्यक्रमकाे सञ्चालन नेपाल कम्युनिष्ट पार्टीका रिब्दीकोट गाँ.पा सचिव राजिपले गर्नु भएको थियो ।
तानसेन नगरपालिकामा भएको उक्त कार्यक्रम संचालन लंक बहादुर रानाले गरेका थिए ।