ट्रेन्डीङ्ग

आज हामिले एमसिसी सम्झौता मात्र जलाएका छौ,भोलि एमसिसी पास गर्नेहरु जलाउन नपरोस:राजन साउद

भदौ २६ लमजुङ ।नेपाल कम्युनिस्ट पार्टी लमजुङले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट (एमसिसी) को सम्झौता प्रतिबेदन जलाएको छ ।

नेकपाको पुर्ब निर्धारित कार्यक्रम अनुसार आज जिल्ला को बेशिसहर नगरपालिका को शेरा चोकमा एमसिसी खारिजी को माग गर्दै नेकपा लमजुङले कोणसभा सहित एमसिसी सम्झौता जलाएको हो ।

उक्त सम्झौता पत्र नेकपा जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउद को नेतृत्वमा नारावाजी सहित धोस्त पारि सम्पन्न गरिएको हो ।

कोणसभालाई सम्बोधन गर्दै नेकपाका जिल्ला सदस्य तथा अखिल (क्रान्तिकारी) लमजुङका अध्यक्ष राजन साउद ले आज हामिले राष्ट्रघाती सम्झौता एमसिसी को प्रतिबेदन मात्र जलाएका छौ । यदि एमसिसी पास गरियो भने ती राष्ट्रघाती देशद्रोही र अमेरिकी साम्राज्यवादका एजेन्डहरुको टाउको जलाउने बताएका छन ।

साथै आम नेपाली जनताले एमसिसी चाहिदैन भन्दै बिरोध गर्दा गर्दै पनि जसरी योजना बद्ध रुपमा संसद बाट पारित गर्ने षड्यन्त्र गरिएको छ यो हाम्रो पार्टी र नेपाली जनताको लागि असहय छ र यो एमसिसी तत्काल खारिज गर्न हामी माग दिन चाहन्छै ।

यस्तै उक्त कार्यक्रममा बोल्दै नेकपा बेशिसहर नगर कमिटी सेक्रेटरी मोहन बोहरा ले एमसिसी नेपालीको हितमा नभएकोले आम राष्ट्रप्रेमी दाजुभाइ दिदिबहिनीहरुले एक जुट भएर लाग्नु पर्ने बताएका छन ।

यस्तै जिल्लाको मध्यनेपाल नगरपालिकामा पनि एमसिसी सम्झौता जलाएर सम्पन्न गरेको छ ।

सो कार्यक्रममा मध्यनेपाल नगर कमिटी इन्चार्ज कुमारले सम्बोधन गर्नु भएको थियो ।

बिरोध प्रदर्शनमा नेकपाका जिल्ला स्तरीय नेता कार्यकर्ताको सहभागीत रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?