ट्रेन्डीङ्ग

डोटीमा एमसिसि सम्झौताको मस्यौदा जलाइएयो

प्रकाश थापा भदौ २६ डोटी ।नेपाल कम्यूनिस्ट पार्टी डोटिले आज सिलुगढीमा राष्ट्रघाती एमसिसि सम्झौताको मस्यौदा कपि जलाएर बिरोध गरेको छ ।

अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजिको माग गर्दै सम्झौता कागज जलाएर बिरोध गरेको बताइएको छ ।

नेकपाको साप्ताहिक कार्यक्रम अनुसार देशभर बिरोध सभा प्रदर्शन गर्दै आज एमसिसिको मस्यौदा जलाउने कार्यक्रम रहेको थियो । आगामी २८ गते काठमाडौ जनसभा गर्ने त्यस कार्यक्रमको सम्बोधन महासचिव विप्लवले गर्नु हुने कार्यक्रम तय गरेको पार्टीले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?