
अयन विश्वकर्मा,भदौ २६,अर्घाखाँची ।
नेपाल कम्यूनिस्ट पार्टी अर्घाखाँचीले आज सन्धिखर्कमा राष्ट्रघाती एमसिसि सम्झौताको कागज जलाएर बिरोध गरेको छ ।
अमेरिकाले एमसिसि परियोजना मार्फत सहयोग स्वरुप नेपाललाई दिने भनिएको ५६ अर्ब रुपैँयामा राखिएका बुँदाहरु राष्ट्रघाती भएको र यो सम्झौता तुरुन्त खारेजिको माग गर्दै सम्झौता कागज जलाएर बिरोध गरेको सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले जानकारी दिएका छन ।
बिरोध कार्यक्रमलाई सम्बोधन गर्दै सनपा र भुनपा नगर इन्चार्ज नविन खड्काले एम सि सि सम्झैतामा भएका मुख्य १४ बटा राष्ट्रघाती बुँदाहरु पढेर सुनाउँदै अमेरिकी सेनाको गोली खानु भन्दा यहीँका हाम्रा सुरक्षाकर्मी दाजुभाईका बुट र गोली खान तयार भएको तर कुनै हालतमा एमसिसि पास हुन नदिने बताएका छन ।