ट्रेन्डीङ्ग

एमसिसि विरुद्ध दैलेखमा नेकपाको प्रदर्शन

भदौ २६ दैलेख ।
नेपाल कम्युनिस्ट पार्टी दैलेखले एमसिसि परियोजना बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ।

कार्यक्रम दैलेखको गुराँस गाउँपालिको बुबईरागे बजारमा भएको थियो। राष्ट्रघाति एमसिसि सम्झौता खारेज गर! अमेरिकी साम्राज्यवाद मुर्दाबाद! एकिकृत जनक्रान्ति जिन्दाबाद! नेपाल कम्युनिस्ट पार्टी जिन्दाबाद! लगायतका नारा सहित प्रदर्शन गरिएको थियो।

विरोध सभालाई पुर्ब जिल्ला सेक्रेटरी कमरेड विश्वले सम्बोधन गरेका थिए। सम्बोधनको क्रममा पुर्ब सेक्रेटरी विश्वले देश र जनताको चाहना बिपरित राष्टघाति एमसिसि सम्झौता संसदबाट पास गरियो भने त्यसका बिरुद् सम्पुर्ण देशभक्त, लोकतान्त्रिक , क्रान्तिकारी शक्ति एकजुट भएर आन्दोलन आँधीबेहरी सँञ्चालन हुने कुरा उल्लेख गर्नु भयो।


संसदीय व्यवस्था र एमसिसिको एउटै चिहान बनाएर देशलाई स्बाधिन बनाउनु पर्ने कुरामा जोड गर्नु भयो। यसैगरी दैलेखको नौमुले बजारमा पनि एमसिसि सम्झौताका बिरुद्द बिरोध कार्यक्रम सम्पन भएको छ।

नौमुलेमा भएको बिरोध कार्यक्रमलाई जिल्ला कमिटी सदस्य कमरेड सुवर्णले सम्बोधन गरेका थिए। कमरेड सुवर्णले संसदीय ब्यवस्थाले विगतदेखि वर्तमानसम्म राष्टघात गर्दै अएकाले अहिले जनचाहना बिपरित एमसिसि सम्झौता गरेर अर्को ठुलो राष्टघाती कदम गर्न लागेकाले सम्पूर्ण जनताले संसदीय ब्यवस्थाको अन्त गर्न लाग्नु पर्ने कुरा बताउनुभएको छ।

जिल्लाका अन्य स्थानीय तहमा पनि एमसिसि बिरुद्ध कार्यक्रम सम्पन्न गरिएको जानकारी जिल्ला सेक्रेटरी दिपेन्द्रले दिनु भयो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?