
भदौ २५,उदयपुर।नेपाल कम्युनिस्ट पार्टी उदयपुरले पार्टी केन्द्रिय कार्यक्रम एमसीसी सम्झौताको विरुद्धमा त्रियुगा नगरपालिका गाइघाट पिपल चोकमा र उदयपुरको पुरानो सदरमुकाम उदयपुर गडिमा बिरोध प्रदर्शन गरेको छ।
बिरोध प्रदर्शन कार्यक्रमलाई सम्बोधन नेपाल कम्युनिस्ट पार्टी त्रियुगा नगर सेक्रेटरी देहज बिस्ट्ले गरेका थिए भने सचालन निशान कटुवालले गरेका थिए।
बिरोध प्रदर्सन कार्यक्रम बोल्दै देहज बिस्टले भन्नूभयो देउवा सरकारको गृह प्रशासनले अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध जनतालाई आतङ्कित पार्ने गरि जारी गरिएको विज्ञप्तिदेखि आफुहरु नडराउने बताए।
एमसीसी सम्झौतामार्फत अमेरिकी साम्राज्यवादले नेपाललाई उपनिबेश बनाउन खोजेको नेता देहज को भनाई थियो । देश बेच्ने दलालहरूले दिने आदेशका विरुद्ध सुरक्षा निकायका सेना, प्रहरीले पनि बिद्रोह गर्नुपर्ने बेला आएको उद्घोष गरे ।