ट्रेन्डीङ्ग

नेकपाद्वारा एमसिसी विरुद्ध अछाममा बिरोध प्रदर्शन


खेमराज बुढा,भदौ २५ , अछाम।
नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अन्तर्गत खारेजीको लागि देशै भरि निरन्तर रुपमा बिरोध र्यालि, कोणसभा देशभर भैरहेका छन। त्यसै अन्तरगत नेपाल कम्युनिस्ट पार्टी अछामको आयोजनामा जिल्लाको साफेबगर नगरपालिका -३ हाटबजारमा बिरोध र्यालि कोणसभामा परिणत भई सम्पन्न भयो।


बिरोध र्यालिमा एमसिसी सम्झौता खारेज गर, Go Back MCC, दलाल संसदीय व्यवस्था मुर्दावाद, दलाल सरकार मुर्दावाद, वैज्ञानिक समाजवाद जिन्दावाद, नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद, एकीकृत जनक्रान्ति जिन्दावाद, जनमत संग्रहको पहल गर, अमेरिकन साम्राज्यवाद मुर्दावाद लगाएतका नाराहरू लगाएका थिए।


बिरोध र्यालि कोण सभामा परिणत भएको थियो र उक्त कोणसभालाई नेपाल कम्युनिस्ट पार्टी अछामका सचिवालय सदस्य निरक शाहि र जिल्ला सचिव तपेन्द्र तिमेल्सिना ( संघर्ष ) ले सम्बोधन गरेका थिए। जिल्ला सचिव तिमेल्सिनाले कोणसभालाई सम्बोधन गर्दै एमसिसि परियोजना नेपाल देश र नेपाली जनताको हित र पक्षमा नरहेको र यो परियोजनाको सम्झौता नगर्न र कुनै पनि हालतमा नहुने पनि बताएका थिए।

एमसिसि परियोजनाको सम्झौता गरे र जबर्जस्त ढंगले सम्झौता गर्न खोजेमा नेपाल कम्युनिस्ट पार्टी र नेपाल कम्युनिस्ट पार्टीका नेता तथा कार्यकर्ताले सम्झौता रोक्नको निमित्त जस्तोसुकै बलिदान र रगतको खोला बगाउन पनि तयार रहेको कुरा जनता माझ प्रिवद्दता राखेका थिए र एमसिसि परियोजना खारेजिको लागि सम्पुर्ण देशभक्त र जनसमुदायले लाग्नु पर्ने बताएका थिए।


उक्त परियोजना लागू गरे तथा गर्न खोजेमा देशमा द्वन्द,गोला बारुद वर्षिने र बमको आवज सुन्न दलाल सरकार र दलाल हरुलाई तयार रहन बताए । नेपाल कम्युनिस्ट पार्टिले देश र जनताको आवज उठाउदै गर्दानै पार्टी माथि प्रतिबन्ध लगाएको बताए । नेपाल कम्युनिस्ट पार्टी एकीकृत जनक्रान्तिको कार्यदिशा मार्फत जनताको सु-व्यवस्था तथा वैज्ञानिक समाजवाद स्थापना गर्ने र वैज्ञानिक समाजवाद प्राप्त नभए सम्म निरन्तर क्रान्तिकाे बाटोमा लाग्ने पनि प्रतिबद्धता समेत जाहेर गरे र एकीकृत जनक्रान्तिमा राष्ट्रिभक्त, प्रगतिशील व्यक्ति र सच्चा कम्युनिस्ट गोलबन्द हुन समेत आहाव्न गरेका थिए।

कोणसभाको सञ्चालन साफेबगर इन्चार्ज करण साउदले गरेका थिय र क्रार्यक्रमको समापन सचिव तिमेल्सिनाले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?