ट्रेन्डीङ्ग

एमसिसिको समर्थन गर्ने राष्ट्रघाती लाई हामी कारबाही गर्छौ : राजन साउद

भदौ २३ लमजुङ ।  विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले अमेरिकी परियोजना मिलिनियाम च्यालेन्ज कर्पोरेट एमसिसी विरुद्ध घोषणा गरेको बिरोध प्रदर्शन आज लमजुङमा सम्पन्न भएको छ ।

जिल्लाको मध्यनेपाल नगरपालिकाको दुई पिप्लेमा एमसिसी खारिजीको माग गर्दै नेकपा लमजुङले कोणसभा सहित बिरोध प्रदर्शन गरेको हो ।

उक्त कोणसभामा बोल्दै अखिल (क्रान्तिकारी) लमजुङ जिल्ला अध्यक्ष राजन साउदले एमसिसी को समर्थन गर्नेलाई भौतिक कारबाही गर्ने बताएका छ्न।

उनले भने “यदि राष्ट्रघाती सम्झौता एमसिसीको विरुद्ध बोल्नेलाई सरकारले कारबाही गर्छ भने हामी त्यसको सामना गर्न तयार छै । साथै यदि कसैले राष्ट्रघाती सम्झौता एमसिसिको समर्थन गर्छ भने हामी तेस्ता राष्ट्रघाती लाई भौतिक कारबाही गर्ने चेतावनी दिन चाहन्छौ । ”

केही समय अगाडि नेपाल सरकारको गृहमन्त्रालयले निकालेको बिज्ञप्तिमा एमसिसीको विरुद्ध नबोल्नु र यदि कसैले एमसिसी को बिरोध गरे कारबाही गर्ने बताएको थियो । सोही अनुरुप उनले तेसो भनेका हुन ।

उनले एमसिसी नेपाल र नेपाली जनताको हितमा नभएकाले यसलाई पारित हुन नदिनका लागि सबै एक जुट भएर लाग्नु पर्ने भन्दै सबैलाई आग्रह समेत गरेका छ्न ।

साथै उनले एमसिसी खारिजिका बिरुद्ध पश्चिम महाकाली देखि पुर्ब को मेचीसम्म मात्र नभई आज नेपालको बिचमा पर्ने मध्यनेपाल बाट पनि बोलिरहेको बताए ।

यसैगरी बिरोध प्रदर्शन मा बोल्दै नेकपा का मध्यनेपाल इन्चार्ज कुमारले हिजो लिपुलेक कालापानी लिम्पियाधुरा भारत ले मिच्दै गर्दा र ncell ले गरेको ७२ अर्ब कर छली गर्दा कर तिर भनेर कारबाही गर्दा हामि माथी प्रतिबन्ध लगाइयो । हामी माथी प्रतिबन्ध मात्र होइन हाम्रा १२ जना साथी को समेत हत्या गरियो र हजारौं नेता कार्यकर्ता माथी झुट्टा मुद्दा लगाइ जेल हिरासत मा राखी यतना दिने काम गरियो । तर हामी यो दलाल संसदीय ब्यबस्था विरुद्ध कहिले झुकेनै र आज फेरि खुल्ला रूपमा झन खरो र दरो रुपमा हामी राष्ट्रियता को बिषयलाई लिएर आन्दोलनमा हुमिएका छौ ।

यो एमसिसी भनेको इस्ट ईन्डिया कम्पनी कै एक अंश हो र यो योजनाबद्ध रुपमा नेपालमा भित्र्याएर नेपाललाई रण मैदान बनाउन खोजिएको छ । तेसलाइ कुनै पनि हालत मा पारित हुन नदिने बताएका छन ।

बिरोध प्रदर्शनमा नेकपाका जिल्ला स्तरीय नेता कार्यकर्ताको सहभागीत रहेको थियो।नेकपाले हिजो भाद्र २२ गते चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?