
परासी, २२ भदौ । नवलपरासीको सरावल गाउँपालिकामा कोभिड रेस्पोन्ज परियोजना संचालनमा आएको छ । परियोजा संचालनका लागि आज गउँपालिकामा परियोजना सम्बन्धी अन्तरक्रिया एवं परिच्यात्मक कार्यक्रम गरिएको छ ।केयर नेपालको आर्थिक सहयोग तथा बेस नेपालको आयोजनामा आयोजित उक्त कार्यक्रम सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको अध्यक्षतामा सम्पन्न गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा गाउँपालिकामा संचालित कोभिड रेस्पोन्ज परियोनजाको उद्देश्य, लक्षित वर्ग लगायतका विषयमा जानकारी गराउदै यसको कार्यक्षेत्र तथा बजेटका बारेमा पनि छलफल गरिएको थियो ।अन्तरक्रिया कार्यक्रममा उक्त परियोजनाले कुन कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने विषयमा छलफल गरिएको परियोजा संयोजक बिनिता भट्टराईले जानकारी दिनु भयो ।
उहाँका अनुसार यस परियोजना मार्फत गाउँपालिकाका कोभिड प्रभावित घरधुरीलाई जिविकोपार्जनका लागि पौष्टिक खाद्यान्न सामाग्रीहरु वितरण गरिने छ भने कोभिड प्रभावित किसानहरुलाई उत्पादन बढाउन उन्नत जातका विभिन्न बालीका विउबिजनहरु सहयोग गर्ने लगायतका कार्ययोजना रहेको जानकारी दिनु भयो।
त्यस्तै परियोजनाले स्वास्थ्य क्षेत्रलाई केन्द्रित गरि गर्ने कार्यहरुमा स्वास्थ्य चौकी तथा शाखाका स्थास्थ्य कर्मीहरुलाई आवश्यक तालिम,चौकीहरुलाई सुरक्षा स्वास्थ्य सामाग्रीहरु वितरण गर्ने र स्थानिय जनसमुदायलाई कोभिडबाट बचाउन विभिन्न सचेतनामुलक कार्यहरु गर्ने परियोजना संयोजक भट्टराईले जानकारी दिनु भयो।यो परियोजना जिल्लाको सरावल गाउँपालिका र रुपन्देहीको ओमसतिया गाउँपालिकामा संचालन रहेको र यस परियोनजाले १० महिना उक्त क्षेत्रमा काम गर्ने बताइएको छ।
कार्यक्रममा गाउँपालिका अध्यक्ष राधेश्याम चौधरी र उपाध्यक्ष उत्तमा रायले यो परियोजना गाउँपालिकाको हकमा निकै लाभदायि रहेको भन्दै यसको दायरा र सेवा विस्तार गर्नुपर्नेमा जोड दिएका थिए । कार्यक्रममा केयर नेपालका कार्यक्रम संयोजक नवराज शर्मा,केयार नेपालका सिनियर डिआरआर टेक्निकल अफिसर सुरेन्द्र बमले केयर नेपालको मिशन र लक्ष्यका बारेमा जानकारी दिएका थिए।
कार्यक्रममा बेस नेपालका जिल्ला कार्यालय प्रमुख शालिकराम पोख्रेलले बेस नेपालको उद्देश्य र यस परियोजाको उद्देश्य प्राप्तीका लागि गाउँपालिका संग समन्वय गरेर अगाडी बढने जानकारी दिनु भयो । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु, गाउँपालिकाका स्वास्थ्य, कृषि, प्रशासन शाखाका शाखा प्रमुख, प्रतिनिधि र बेस नेपालका कर्मचारी एवं स्थानिय समाजसेवीहरुको उपस्थिती रहेको थियो ।