ट्रेन्डीङ्ग

युवा संगठनद्वारा अछाममा अनियमितता र भ्रष्टाचार विरुद्ध प्रदर्शन

भदौ २२ अछाम । विप्लव नेतृत्वको नेकपा निकट युवा सङ्गठन नेपाल अछामले बर्तमान सरकारले गरेको बेरुजु अनियमितता भ्रस्टाचारका बिरुद्दको बिरोध प्रदशन कार्यक्रम पन्चदेवल बिनायक नगरपालिकामा सम्पन्न गरेको छ ।

पन्चदेवल मन्दिर नजिक बाट सुरु भएको र्याली कार्यक्रम मा एकीकृत जनक्रान्ती जिन्दावाद ।महालेखा परिक्षक २०७७/७८ को सत्यतथ्य सार्बजनिक गर। दलाल भ्रस्टाचारिलाइ यथा सिघ्र न्यूनीकरण गर।युवा सङ्गठन नेपाल जिन्दाबाद।दलाल भ्रस्टाचारी होसियार ।दलाल भ्रस्टाचारिलाइ सामाजिक बहिष्कार गर।नेपाल कम्युनिस्ट पार्टी जिन्दावाद ।। स्थानीय स्तरदेखी केन्द्रसम्म हुने भ्रष्टाचारलाई न्यूनीकरण गर जस्ता नाराको साथ न्युरोड हुँदै पन्चदेवल बिनायक नगरपालिकाको गेटमा पुगेर बिरोध कोणशभामा परिणत भएको थियो । युवा सङ्गठन नेपालका जिल्ला सचिव कुमारले सन्चालन गरेको कार्यक्रमको प्रमुख बक्ता जीवन रहनु भयको थियो ।

उक्त कार्यक्रममा बोल्दै महालेखा परिक्षक २०७७/७८ ले निकालेको बेरुजु अनियमितता भ्रष्टाचारको बिषयमा यथा सिघ्र रुपमा सत्यतथ्य छानबिन नगरिएमा यसको रिजल्ट राम्रो नहुने बताउनु भयो ।

नगरका सम्पुर्ण कामकारबाहीलाइ जनमुखी र प्रभाबकारी ढङ्गबाट नगरे यसको रिजल्ट निकालेरै छोडने पनि बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?