ट्रेन्डीङ्ग

टिम नेपाे पाल्पाकाे अध्यक्षमा गहतराज

भदौ २१ पाल्पा। सामाजिक कार्य गर्नका लागि स्थापित सस्था टिम नेपाे पाल्पाकाे जिल्ला अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएको छ ।

समाजमा कम अवसर पाएका व्यक्तिहरूकाे उत्थानकाे लागि कार्य गर्ने हेतुले जिल्ला पाल्पामा सस्थाकाे शाखा विस्तार गरिएको थियाे। अध्यक्षमा सन्ताेष गहतराज चयन हुनुभएकाे छ ।

जसाको उपाध्यक्षमा निशा मरासिनी,राजेश बाेहाेरा,सचिव सुशील बस्याल,सहसचिव विष्णु पाैडेल,पाटनरसीप काेडसनेटरमा माधव पाण्डे,काेषाध्यक्ष लक्ष्मी बम्रेल,सदस्यहरूमा ग्रिष्मस राना,सराेज विश्वकर्मा चयन हुनुभएको छ।

निर्वाचित अध्यक्ष गहतराजले आगामी दिनमा सस्थाले जिल्लाका सामाजिक कार्यहरूमा आफ्नाे कार्य केन्द्रित गर्ने बताउनुभयो।सस्थाले समाजमा कम अवसर पाएका तथा आर्थिक अवस्था कमजाेर भएका व्यक्तिहरूलाई केन्द्रित गरि कार्यक्रम अगाडि बढाउने बताउनुभयो।

हाल सम्म टिम नेपाे नेपालका करिब ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरेकाे बताउनुभयो ।युवाहरूकाे जमात रहेको सस्थाले समाजका व्यक्ति तथा समुदाय समक्ष पुगी, सामाजिक कार्य गरि सस्थालाई छुट्टै पहिचान दिई पाल्पामा आफ्नाे कार्यलाई अगाडि बढाउने अध्यक्ष गहतराजले बताउनुभयो।गहतराजले पत्रकारीता क्षेत्रमा कलम चलाउदै आउनुभएकाे छ ।

सस्थाका रूपन्देही अध्यक्ष सुमन पाेखरेलले टिम नेपाेले विगत लामाे समय देखि सामाजिक कार्यहरू सञ्चालन गरिरहेकाे बताउनुभयाे ।

देशका करिब ४० भन्दा धेरै जिल्लाहरूमा शाखा विस्तार गरेकाे बताउनुभयो।बसस्थाले कम अवसर पाएका समुदायका नागरिकहरू समक्ष पुगी सामाजिक कार्यलाई अगाडि बढाएकाे बताउदै पाल्पा शाखाले पनि आगामी दिनमा कार्य अगाडी बढाउन सकाेस भनी शुभकामना दिनुभयाे ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?