
भदौ २१ बुटवल । अखिल नेपाल लेखक सङ्घले साम्राज्यवादी अतिक्रमण र हस्तक्षेप विरुद्ध सिर्जनात्मक र भौतिक रुपमा लामबद्ध हुन सम्पूर्ण माक्र्सवादी, देशभक्त,क्रान्तिकारी स्रष्टाहरुलाई आब्हान गरेको छ ।
सोमबार संगठनका अध्यक्ष शोभा दुलाल र महासचिव खोमा तरामु मगरले वक्तव्य जारी गर्दै सिंगो देश एमसीसीको विपक्षमा उभिएको बेला नेपालको संसदबाट एमसीसी परियोजना पास गराउन अमेरिकी उच्च अधिकारीहरुको दौडधुपप्रति गम्भीर ध्यानाकर्षण भएको बताउदै यो सम्झौता हिन्द प्रसान्त रणनीति अन्तर्गत रहेको अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित रहेको बताएका छन् ।
वक्तव्यमा एमसीसीको उद्देश्य अमेरिकाले अन्तरदेशीय प्रसारण लाइनका क्षेत्रमा आर्थिक सहयोग गर्ने बहानामा दक्षिण एसियामा चीनको प्रभाव रोक्ने, नेपाल लगायत दक्षिण एसियामामा देखिएको कम्युनिस्ट क्रान्तिको सम्भावनालाई रोक्ने र नेपालमा अमेरिकी सैन्य अड्डा खडा गर्ने रहेको बताइएको छ ।
वक्तव्यमा अहिले देउवा–प्रचण्ड गठबन्धनको सरकारले नेपाली जनताको अभिव्यक्ति स्वतन्त्रतामाथि आक्रमण गर्दै एमसीसीको विरोध गर्नेहरुलाई निगरानी गर्ने र कारवाही गर्ने धम्कीपूर्ण अभिव्यक्ति दिइएकोमा घोर निन्दा एवं भत्र्सना गरेको छ । वक्तव्यमा राष्ट्रघाती एमसीसी परियोजनाविरुद्ध उभिन सम्पूर्ण लेखक, साहित्यकार एवं संस्कृतिकर्मीहरुलाई अपिल गरिएको छ ।
वक्तव्यमा दार्चुलाको मालघाटस्थित तुइनमा झुन्डिएर महाकाली नदी पार गर्न लाग्दा भारतीय एसएसबीका सुरक्षाकर्मीले रूखमा बाँधिएको तुइनको तार काटिदिएपछि खसेर बेपत्ता भएका जयसिंह धामीको हत्यामा संलग्न भारतीय सुरक्षाकर्मी विरूद्ध कारबाही प्रक्रिया अगाडी नबढेकोले भारत सरकारसँग पहल गरी तत्काल कारबाही गर्न समेत जोडदार माग समेत गरिएको छ ।विज्ञप्ति: