ट्रेन्डीङ्ग

नेकपा नलगाड/बारेकोटको संयुक्त प्रशिक्षण तथा बैठक सम्पन्न

सुनिल सिंह,जाजरकोट,भदौ २१।नेपाल कम्युनिस्ट पार्टी नलगाड र बारेकोटको सयुक्त बैठक तथा प्रशिक्षण कार्यक्रम नलगाड न पा सिर्केमा आइतबार सम्पन्न भएको छ ।

नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा जाजरकोट जिल्ला इन्चार्ज संगमको प्रमुख आतिथ्यतामा शुरु भएको उक्त कार्यक्रममा नेकपा जाजरकोट जिल्ला सेक्रेटरी अन्नत,नेकपा नलगाड सह-इन्चार्ज प्रशान्त,दलित मुक्ति मोर्चा नेपाल अध्यक्ष निर्मम,अखिल (क्रान्तिकारी)जाजरकोट सचिव शितल लगायत नेताकार्यकर्ताको उपस्थित रहेकोे  थियो।

प्रशिक्षण कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य संगमले नेपालको हरेक क्षेत्रमा हस्तक्षेप गर्ने भारतको साम्राज्यवादी चरित्रका बिरुद्ध सशक्त प्रतिरोधका लागि नेपाल कम्युनिस्ट पार्टी संधै अग्रमोर्चामा रहने वताउनुभयो।

यस्तै जिल्ला सेक्रेटरी अन्नतले संसदवादी पार्टिहरु हाम्रो जनप्रियता देखि आत्तिएर वार्ताको बिषयमा भ्रम सिर्जना गरिरहेको र नेपाली जनताले संसदीय व्यवस्थाको विकल्प खोजिरहेकोले यसको सहि विकल्प जनमत संग्रहबाट वैज्ञानिक समाजवाद भएको प्रष्ट्याउनु भयो।
नेकपा बारेकोट इन्चार्ज नविनले सन्चालन गर्नुभएको थियो । कार्यक्रममा नलगाड,बारेकोटका ३० भन्दा बढि एरिया कमिटि सदस्यहरूको उपस्थिति रहेको थियो। साथै नेकपा बारेकोट र नलगाड एरिया कमिटिको बैठक महत्त्वपूर्ण निर्णय सहित सम्पन्न भएको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?