ट्रेन्डीङ्ग

नेकपा उदयपुरको समिक्षात्मक बैठक सम्पन्न

भदौ २० उदयपुर ।नेपाल कम्युनिस्ट उदयपुर जिल्लाको समिक्षात्मक बैठक सम्पन्न भएको छ ।उदयपुर जिल्ला सेक्रेटरी लक्ष्मन पौड्यालको अध्यक्षतामा र नेपाल कम्युनिस्ट पार्टी केन्द्रिय सदस्य तथा उदयपुर,ओखलढुंगा इन्चार्ज विवेक कुमालको प्रमुख आथित्यतामा सम्पन्न भएको छ ।

बैठकका प्रमुख अतिथि विवेक कुमालले बैठकमा उठेका बिषयहरुमा स्पष्टपार्दै यति बेला देशमा संकट छ। यो संसदिय ब्यबस्थाले देशलाई निकास दिन सक्दैन झन संकटमा पार्छ र यो ब्यबस्थामा हत्याहिंसा,बलात्कार,भ्रष्टाचार,कमिसन खोरिलाई पक्षपोषण गर्ने र जनता लाई शोषण दमन गर्ने ब्यबस्था हो त्यसैले अब देशलाई संकट मुक्त गर्न सयुक्त जनप्रगतिशिल सरकार र जनमत संग्रह मार्फत बैज्ञानिक समाजबाद निर्माण गर्ने आजको बाटो हो भएको बताउनु भयो ।

इन्चार्ज कुमालले समाजबादले नै जनताका समस्या लाई सामधान गर्छ स्वास्थ,शिक्षा,रोजगार ,जस्ता आधारभुत कुराहरूको राज्यले ग्यारेन्टी गर्छ ।बैज्ञानिक समाजबाद निर्माणको लागी जनमत संग्रह जानूपर्छ। जनमत सङग्रहको एजेन्डालाई जनतामा व्यापक बहस चलाउन सबै सदस्यहरुलाइ निर्देशन गर्नु भयो।

बैठकका अध्यक्ष तथा जिल्ला सेक्रेटरी पौड्यालले पार्टीको यो बिचार सबै जनताको माझ पुर्याइ जनतालाइ संगठित गरेर छिट्टै नेपालमा बैज्ञानिक समाजबाद स्थापना हुने बिश्वास व्यक्त गर्नुभयो।

राज्य सत्ताको भ्रुण पार्टी भएकाले पार्टीलाइ आत्मानिर्भर बनाउन नेता कार्यकर्तालाइ श्रम उत्पादनमा जोड्ने,पार्टी नितिलाइ दर्होसंग पकड्ने र त्यसले देश, जनतालाइ आत्मानिर्भर र स्वाधीनता बनाउने छ,यदि राज्यले नेकपासंग गरेको तिन बुदे सहमति इमान्दार पुर्बक कार्यन्वयन गरियो छैन यस सहमति कार्यन्वयन गर्न जनदबाब सिर्जना गर्न जस्ता निर्णय सहित अन्तमा बैठकका अध्यक्ष पौडेलले सबै सदस्यहरुलाइ आ-आफ्नो कार्यक्षेत्रमा कढाइका पुर्बक काम गर्न निर्देशन गदै बैठक समापन गर्नु भएको अखिल (क्रान्तिकारी) गाइघाट नगर अध्यक्ष जानकी खत्री जानकारी दिनु भयो ।

बैठकमा जिल्लाका नगर,गाउँपालिका समिति इन्चार्ज सेक्रेटरी र जनवर्गीय संगठनका जिल्ला सयोजक,अध्यक्ष लगायतको उपस्थिति रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?