ट्रेन्डीङ्ग

बझाङमा १९ जनप्रतिनिधीले छाडे एमाले,गापा अध्यक्ष/उपाध्यक्ष सहित १९ जनाले नेकपा(एस)मा सनाखत

उत्तमकुमार थापा,बझाङ २० भाद्र। बझाङ जिल्लाको केदारस्यूँ गाउँपालिका अध्यक्ष-उपाध्यक्ष लगायत १९ जना जनप्रतिनिधिहरुले नेकपा एकीकृत समाजवादी पार्टीमा सनाखत गरेका छन ।

आइतबार सदरमुकाम चैनपुरमा मोटर साइकल र्याली सहित बजार परिक्रम गरी जिल्ला निर्वाचन कार्यालय बझाङमा सनाखत गरेका हुन ।

नेकपा एमालेबाट निर्वाचित केदार स्यूँ गाउँपालिकाका अध्यक्ष इन्द्र बहादुर भण्डारी, उपाध्यक्ष निशा धामी, वडा नम्बर ८ का वडा अध्यक्ष गणेश बहादुर बोहरा, वडा नम्बर २ का वडा अध्यक्ष चक्र बहादुर विक, वडा नम्बर ३ का वडा अध्यक्ष बिर बहादुर खाती, वडा नम्बर ५ का अध्यक्ष काशिराम धामी,वडा सदस्य ज्ञाना जेठारा,कमला कुमारी भण्डारी, नन्दा देवी सिंह, जुनादेवी ओखेडा,तुलसी देवी बिष्ट,मिजुरा देवी ओखेडा,बाटुली देवी ओड,विमला कुमारी शर्मा,कल्यान धामी,धन बहादुर बिष्ट,धन्नाम रावल, लाल बहादुर कामी र कार्यपालिका सदस्य कटक बहादुर दमाई गरी १९ जना जनप्रतिनिधिहरुले आफ्नो नागरिकताको प्रतिलिपी र निर्वाचित प्रमाणपत्र निर्वाचन कार्यालयमा पेश गरी आजैदेखि नेकपा समाजवादी पार्टीको सदस्य रहेको भनि सनाखत गरेका छन।

जनप्रतिनिधि सँगै सनाखत गर्न निर्वाचन कार्यालय पुगेका नेकपा एमालेका तत्कालिन अध्यक्ष दिल बहादुर सिंहले अब जिल्लाको नम्बर १ पार्टी नै नेकपा समाजबादीनै हुने दावी गरे।

सनाखत गर्न निर्वाचन कार्यालय पुगेका केदार स्यूँ गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले नेकपा एमालेका पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा वलीले गरेका हरेक ज्याजतीका बिरुद्घ हामीले समाजवादी पार्टी रोजेको बताए।भाद्र २२ गते सम्म धेरै जनप्रतिनिधिहरु नेकपा समाजवादीमा सनाखत गर्न आउने उनको भनाइ छ।

निर्वाचन आयोगले भाद्र २२ गतेसम्म जनप्रतिनिधिहरु लाई पार्टी रोज्न समय सिमा तोकेको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?