ट्रेन्डीङ्ग

अवैध तस्करी गरिएको काठ विप्लव नेकपाले नियन्त्रण गरी सरोकारवालालाई बुझायो 

भदौ ७,गणेश एसके,कञ्चनपुर ।                          कञ्चनपुरको भिमदत्त नगरपालिका वार्ड नम्बर ०९ को टुडिखेलमा तस्कर समूहले अवैध रुपमा ओसार पोसार गर्नका लागि तय गरेको काठ विप्लव नेकपा कञ्चनपुरले नियन्त्रण गरी सम्बन्धित सरोकारवाला निकाय लाई बुझाएको छ ।

उक्त भेटिएको काठमा २८ वटा कडिहरु ७ फिटका,५२ वटा कडि ४/५ फिट, १७ वटा ५ फिट र ३ वटा सिल्लि र ३ वटा गोलियाहरु थियो। विषेश सुचनाको अधारमा भिमदत्त पार्टी नगर समिति सचिव दिपेन्द्र ऐरी,युवा संगठन का सहसचिव भिम धामि,युवा नगर सदस्य सुरेष नाथ र अखिल क्रान्तिकारी का जिल्ला सदस्य हरिष ऐरी लगायतको टिमले नियन्त्रण गरेको थियो ।      काठ चिरान स्थल वरपर राखिएको काठ सशस्त्र प्रहरी बलको सहयोगमा संकलन गरेर उहाँ हरुकै मातहतमा बुझाएको कुरा पार्टीका नगर सचिव दिपेन्द्र ऐरीले बताएका छन। उक्त काठ भेटीसके पछि बन् डिभिजन कार्यालयका सम्बन्धित निकाय लाई खबर गर्दा पनि चासो नराखेको ऐरी ले बताएका छन । तस्करी गर्ने व्यक्ति अहिले फरार रहे पनि त्यो व्यक्ति तस्कर हो भन्ने प्रमाण आफूहरु संग रहेको उहाँहरुको दाबी छ । वास्तविक तस्कर पत्ता लगाई हदै सम्मको कार्वाही गर्न सम्बधित निकायलाई अपिल गरेका छन। यदि नगरेको खण्डमा हाम्रो पार्टीले आफ्नो तरिकाले जनकारवाही गर्ने नगर सचिव ऐरी को भनाइ थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal