ट्रेन्डीङ्ग

शंकर महरालाइ बिनासर्त रिहाई गर-अखिल (क्रान्तिकारी)

कार्तिक १५ काठमाडौ ।  अखिल ( क्रान्तिकारी)ले सङ्गठनका केन्द्रिय सदस्य शंकर महरालाई बिनासर्त तत्काल रिहा गर्न माग गरेको छ ।

अखिल क्रान्तिकारीका केन्द्रिय अध्यक्ष चिरञ्जीवी ढकाल द्वारा हस्ताक्षरित विज्ञप्तिमा कोरोनाको महामारी बिच संगठनले रक्तदान, स्वास्थ्य सचेतना,राहत वितरण र घुम्ती पढाइ कक्षा संचालन जस्ता कार्यहरु गर्दै हिडेका विद्यार्थी नेता मात्रै नभएइ महामारी विरुद्ध लड्ने एक अभियान्तालाइ कार्तिक १३ गते घरमा बसिरहेको समयमा महरालाई प्रहरीले बिनाकारण गिरफ्तार गरेको र बिना सर्त तत्काल रिहाइ नगरे आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।

विज्ञप्तिको पुर्ण पाठ :”कोरोना महामारीले जनताको स्वास्थ्य अवस्था दिन प्रतिदिन भयाभह हुँदै गईरहेको छ तर शासकहरू भ्रष्टाचार , दलाली र राष्ट्रघातमा लिप्त छन् जसका कारण नेपाली जनताको साझा भविष्य नै संकटग्रस्त हुँदै गम्भिर दुर्घटना नजिक पुग्दै छ , यो परिवेशमा सम्पूर्ण देशभक्त , यूवा , विद्यार्थीहरूले यो दलाल संसदीय व्यवस्थाको विकल्प खोज्दै अहिलेको संकटसँग जुझ्नु साझा दायित्व भएको छ , यो दायित्वलाई मर्मबोध गर्दै हाम्रो संगठन देश व्यापी यो महामारी र यसले निम्त्याएको संकट बिरुद्ध स्वास्थ्य सचेतना , रक्तदान , राहत वितरण र घुम्ति पढाई कक्षाहरू संचालन गर्दै अघि बढि रहेको छ , यो जनपक्षीय काम देशव्यापी अभियानकै रूपमा अघि बढेको छ , यसमा देशभरका हज्जारौं संगठित नेता कार्यकर्ता सहभागी छन् यो अभियानका एक जना नेता हाम्रो संगठनका केन्द्रीय सदस्य शंकर महरा पारिवारिक भेटघाटको संदर्भमा घर पुगेका बेला मिती २०७७ कार्तिक १३ गते घर बाटै ओली सरकारको राम बहादुर गृह प्रशासनले अपहरण शैलिमा गिरफ्तार गरेको छ , यो गिरफ्तारी अखिल ( क्रान्तिकारी ) का नेताको गिरफ्तारी मात्र नभएर महामारी विरुद्ध लडिरहेको एक योद्धाको गिरफ्तारी पनि भएकाले यसको घोर भर्त्सना गर्दै निशर्त रिहाईको संगठन माग गर्दछौं , अन्यथा संगठन आन्दोलनमा जान बाध्य हुनेछ , जसको परिणाम भयाभह हुनेछ साथै राज्यको यस प्रकारको फांसीवादी रबैया बिरुद्ध एक हुन सम्पूर्ण नागरिक समाज , मानवाधिकारवादी , पत्रकार र बुद्धिजीवीहरूमा अपिल गर्दछौं । ओलि सरकारको राज्यबातकर देशव्यापी रूपमा क्रान्तिकारीहरू माथीको प्रतिबन्ध , धरपकडले देशलाई मुटभेडमा धकेल्ने र गम्भिर राष्ट्रघात निम्त्याउने संकेत भएकाले संगठनका सबै नेता कार्यकर्ताहरूलाई सचेतता पूर्वक प्रतिरोध र आफ्नो विचार आन्दोलनमा दृढ रहन अनुरोध गर्दछौ ।
-चिरञ्जीवी ढकाल
अध्यक्ष अखिल (क्रान्तिकारी )

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?