ट्रेन्डीङ्ग

नेकपा ताप्लेजुङको फुङ्लिङ नगर भेला सम्पन्न, १७ सदस्यीय नगर कमिटी गठन

प्रविण विद्रोही,ताप्लेजुङ,२ भदौ ।                             नेपाल कम्युनिस्ट पार्टी ताप्लेजुङको प्रथम फुङ्लिङ नगर भेला सम्पन्न भएको छ । नगर इन्चार्ज ध्रुव मादेनकाे अध्यक्षतामा सम्पन्न भेलाले सचिव विरू लिम्बुकाे नेतृत्वमा १७ सदस्यीय नगर कमिटी चयन गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथिका रूपमा जिल्ला सचिव अशल पन्दाक लिम्बू रहेका थिए भने अतिथिहरूमा जिल्ला कार्यालय सचिव राकेश जिल्ला सदस्यहरू निमा, रूद्र लगायतको आतिथ्यता रहेको थियोे ।

उक्त नगर भेलाले नगरका सबै वडामा वडा भेला सम्पन्न गर्ने निर्णय गरेको छ । साथै पार्टी सदस्यता नबिकरण तथा पार्टिको नीति तथा कार्यक्रम अनुरूप प्रचार प्रसार गर्ने र संगठनलाई उत्पादनमा जाेड दिने निर्णय गरेको छ ।

कार्यक्रममा बाेल्दै प्रमुख अतिथि लिम्बूले दलाल संसदीय व्यवस्थाकाे असफलता र यसको चरित्र जनताले देखिसकेकाले अबको आवश्यकता र जनताको माग बैज्ञानिक समाजवादी व्यवस्था नै रहेको बताए । साथै उनले नगर कमिटीलाई बधाई दिँदै पार्टीको विचार र कार्यदिशाबारे जनतालाई सुसूचित गर्न निर्देशन दिएका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal