![](http://safalpost.com/wp-content/uploads/2021/08/received_836125520424843.jpeg)
सागर पौडेल,परासी साउन २८।सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीको आयोजनामा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ ।
सुशील कोइरालाको ८२औं जन्मजयन्तीको अवसरमा आज सुनवल नगरपालिका वडानम्बर १२ हरकट्टामा उक्त कार्यक्रम गरिएको थियो।
सुशील कोईराला सोसलिस्ट युथ सर्कल सुनवल कार्यसमितीका अध्यक्ष विशाल पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुशील कोईराला सोसलिस्ट युथ सर्कल जिल्ला कार्यसमितीका सचिव तपन कुमार केवटको प्रमुख आतिथ्यता रहेको थियो ।सुनवल नेल्टाका अध्यक्ष उत्तम कंडेल,विशिष्ट अतिथी,तरुण दल वडा नम्बर १२ का अध्यक्ष अमृत खड्काको बिशेष आतिथ्यता रहको थियो। भने अन्य अतिथिहरुमा घनस्याम पङ्गेनी,अभिषेक सुनार,रोमन श्रीपाली,मन्दिप के.शि,समीर भट्टराई,शुनिल कोइरी,प्रभात श्रेष्ठ ,एलिस केसि लगायत बुद्धिजीवी सामाजिक व्यक्तित्वको उपस्थित रहेको थियो।
“एउटा रुख काटेमा दुईवटा रुख रोप्ने बानी बसालौ,बन-जङ्गल मात्र हरियो र सफा भयो भन्नी मात्र कति पय रोगहरु हामीलाई लाग्न सक्दैन तसर्थ बोटबिरुवा रोप्ने बानी बसालौ “अध्यक्ष पौडेलले बताउनु भयो ।
सिसौ,बास,अम्बा,जमुना, हर्यो/बर्यो , पिपल गरि करिब ७० वटा बिरुवा रोपिएको राजिब थापा मगरले जानकारी दिनु भयो ।