सागर पौडेल , साउन २६ , परासी ।
इन्द्रेणी सामाजिक विकास मञ्च र फेयरमेड फाउन्डेसनको साझेदारीमा सञ्चालित आधारभुत स्वास्थ्य परियोजनाले एक कार्यक्रमको आयोजना गरि स्वास्थ्य सामाग्री सुनवल नगरपालिकालाई हस्तान्तरण गरेको छ।
आधारभुत स्वास्थ्य परियोजनाका स्वास्थ्य परिचालक बसन्त सापकोटाले सुनवल नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृण्ण प्रसाद न्यौपानेलाई आज करीब उनन्तीस हजार मुल्य बराबरको पल्स,अक्सिमिटर,ग्लोब्स,शुकभर,पिपिई,डिसइनफिसेन्ट लगायतका स्वास्थ्य सामाग्री हस्तान्तरण गरेका हुन ।
आधारभूत स्वास्थ परियोजनाले गरिब-विपन्न तथा सिमान्तकृत,गर्भवती महिला एवं उण्ण प्रदेशिय अपेक्षित रोगहरु (कुश्ठ रोग/हात्ती पाइले रोग)का विरुद्ध आफ्ना कार्यक्रमहरु सन्चालन गर्दै आईरहेको परियोजनाका स्वास्थ्य परिचालक बसन्त सापकोटाले जानकारी दिनुभयो ।