
साउन १७ कैलाली ।विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल(क्रान्तिकारी)ले प्रज्वल शाहिको स्मृतिमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ ।
अखिल(क्रान्तिकारी)ले कैलालीको कैलारी गाउँपालिका ०१ मझरा स्थित वनदेवि प्रा. वि. सोही गा. पाको वार्ड न. २ स्थित सरस्वती प्रा. वि. र त्यही रहेको वनदेवी मन्दिरको प्राङ्गणमा झण्डै ५०० बोटविरुवाहरु वृक्षरोपण गरिएको छ ।
वृक्षरोपण कार्यक्रममा प्रमुख अतिथि अखिल (क्रान्तिकारी )का केन्द्रिय सचिवालय सदस्य तथा सेतिमहाकाली ब्यूरो संयोजक विरेन्द्र शाह,अतिथि नेकपाका कैलारी गा.पा. इन्चार्ज बिरु चौधरी रहनुभएको थियो । वृक्षरोपण कार्यक्रममा अखिल (क्रान्तिकारी) जिल्ला संयोजक कसुबास किरण जोशी , जिल्ला सदस्य मनोज चौधरी, लगायत नेताकार्यकर्ताको उपस्थिति रहेको थियो ।
प्रज्वल शाही अखिल (क्रान्तिकारी )का तत्कालीन केन्द्रिय सदस्य हुन।