
राजन भट्टराई असार १२ स्याङ्जा ।
स्याङ्जाको गल्याङ नगरपालिका वडा न १ मालुङ्गामा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गा लाई स्याङ्जा समाज जापानको तर्फबाट सहयोग प्रदान गरिएको छ।
सामाजिक अभियान्ता एवम् स्थानीय युवा नेता खगेन्द्र भण्डारीको पहलमा स्याङ्जा समाज जापानले समाजका निवर्तमान अध्यक्ष सागरमणी भण्डारी मार्फत स्थानिय ब्यक्तिहरुको उपस्थितिमा आजै एक कार्यक्रम गरि सहयोग हस्तान्तरण समेत गरिएको छ।
स्थानीय युवा नेता खगेन्द्र भण्डारीको पहल मा स्याङ्जा समाज जापानबाट १ थान अक्सिजन कन्सनट्रेटर, कानको रोग चेकअप मेसिन अटोस्कोप,डिजिटल बिपि सेट १ थान,१० लिटर सेनिटाइजर,२०० पिस ह्यान्ड ग्लोप्स लगाएतका सामान प्रदान गरिएको थियो।
आफ्नो अनुरोध लाई मानेर सहयोग गर्नुभएकोमा आभार ब्यक्त गर्दै स्थानीय युवा नेता भन्डारिले सदैव सहयोग प्रती ऋणि रहिरहने बताए ।
त्यस्तै समाजका निवर्तमान अध्यक्ष सागरमणी भण्डारीले आफ्नो सस्था सम्झदै आगामी दिनमा समेत थप महत्वपुर्ण कार्य गर्न पाउनेमा आशावादी रहेको बताए।
कार्यक्रममा वडाध्यक्ष एवम् प्राथमिक स्वास्थ्य केन्द्र मालुङ्गाका अध्यक्ष गणेश प्रसाद बस्यालले सहयोगी सम्पुर्णलाई धन्यबाद तथा हरेक नागरिकले आआफ्नो स्थानबाट दायित्व पूरा गर्नु पर्ने समेत बताए ।
प्राप्त स्वास्थ्य सामाग्रीबाट अति आवश्यक रहेका यहाका स्थानियहरुलाई सहज उपचारमा बरदान हुने स्वास्थ्य केन्द्रका प्रमुख डा.सन्जना भण्डारीले बताइन।
वडाध्यक्ष गणेश बस्यालको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सस्थाका सिनियर अहेव दुर्गा नेपालिले गरेका थिए।