ट्रेन्डीङ्ग

विप्लव नेकपा दाङका कार्यकर्ता बेलझुण्डी अस्पतालको प्रतीक्षालय निर्माणमा व्यस्त

जेठ २० दाङ।
विप्लवले नेतृत्व गरेको नेकपा दाङका नेता- कार्यकर्ताहरु कोरोना बिशेष अस्पताल बेलझुण्डीमा प्रतीक्षालय निर्माणमा व्यस्त छन।

नेकपाका केन्द्रीय सदस्य तथा दाङ जिल्ला इन्चार्ज शितलले हिजो बिरामी कुरुवा प्रतीक्षालय शिलान्यास गरेका थिए। प्रतीक्षालय निर्माण एक साता भित्र सम्पन्न गर्ने नेकपा दाङले जनाएको थियो।

पार्टीको लक्ष्य,योजना र समयभित्रै सम्पन्न गरिसक्नुपर्ने निर्देशन अनुरुप पार्टी निकट जनवर्गीय संगठन युवा संगठन नेपाल,अखिल(क्रान्तिकारी),अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघ र जनपत्रकार संगठन नेपालका नेता-कार्यकर्ताहरु प्रतिक्षालय निर्माणमा निरन्तर खटिरहेका छन। युवा संगठन नेपालका केन्द्रीय सदस्य तिलकको नेतृत्वमा २५ जना नेताकार्यकर्ताहरु दैनिक श्रम गरिरहेको नेकपा दाङका सेक्रेटरी प्रदिपले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal