ट्रेन्डीङ्ग

पुतलीबजार नपाका कर्मचारीद्वारा करेण्डाडा स्वास्थ्य चौकिलाई ५ लाख ७९ हजार सहयोग

जेठ १६,गणेश भुसाल, स्याङ्जा ।

स्याङ्जाको जिल्लाको पुतलीबजार नगरपालिकाका कर्मचारीहरुले करेन्डाडा स्वास्थ चौकिलाइ झन्डै ५ लाख ७९ हजार विपद व्यवस्थापन कोषमा जम्मा गरेका छन ।

नगरपालिकामा आज बसेको कर्मचारीहरुको बैठकले तीन दिन बराबरको तलब ५ लाख ७९ हजार विपद कोष मार्फत करेनडाडा स्वास्थ्य चौकीलाई दिने भएका हुन। उक्त रकम करेण्डाडा स्वास्थ्य चाैकीमा अक्सिजन सहितकाे वेड तयार गर्न खर्च गर्ने निर्णय गरिएकाे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोत्तम शर्माले जानकारी दिए।

पुतलीबजार नगरपालिकामा हाल पालिका, वडा कार्यालयहरु र स्वास्थ्यचौकीहरुमा गरी करिब १ सय ४० जना कर्मचारीहरु रहेको योजना अनुगमन अधिकृत ताराचन्द्र ढकालले जानकारी दिए । पुतलीबजार नगरपालिकाको कोभिड कोषमा रकम जम्मा भैरहेको पालिकाले जानकारी दिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?