नवलपरासी । गायक तथा सङ्गीतकार दिपक पाठकको र रचना रिमालको नयाँ किसिमको रोमान्टिक गीत ‘दिलकी रानी’ सार्वजनिक भएको छ ।
पछिल्लो समय नेपाली सङ्गीत बजारमा निरन्तर गीतहरु ल्याइरहेका आवाजमा रहेको गीत दिपक पाठक युट्युब च्यानलमार्फत शुक्रबार सार्वजनिक भएको हो ।
लकडाउनका बिच सार्वजानिक भएको यो गित सबैले मनपराएका छन् भने टिकटकमा पनि यो गित हिट छ।
पछिल्लो समय नेपाली साङ्गीतिक बजारमा चलिरहेको रोमान्टिक डान्सिङ धारलाई समातेर तयार गरिएको गीतमा चर्चित गायक तथा मोडल दुर्गेश थापा, एञ्जल श्रेष्ठ र सान्भी खतिवडाको सुन्दर नृत्य र अभिनय हेर्न सकिन्छ ।
गीतमा युवायुवतीबीचको प्रेमलाई भरपुर प्रस्तुत गरिएको पाईन्छ।
गायक दिपक आफ्नै शब्द र सङ्गीत रहेको उक्त गीतमा सङ्गीत संयोजन गर्ने काम विश्व अधिकारीले गरेका छन् भने गीत ओपल रेकर्डिङ स्टुडियोमा जेम्स विश्वकर्माले रेकर्ड गरेका हुन् ।
विप्लव अधिकारीले मिक्सिङ र मास्टरिङ गरेको गीतको भिडियो निर्देशन तथा कोरियोग्राफी काजिश श्रेष्ठले गरेका हुन् भने भिडियो इडिटको काम पदम सुवेदीले गरेका हुन् ।भिडियो :