परासी, ३ जेठ । नवलपरासीको रामग्राम नगरपालिकाले जिल्ला कारगारका कैदीबन्दिहरुलाई स्वास्थ्य सामाग्री बितरण गरेको छ। नयाँ भेरियन्ट सहितको कोभिड-१९ को बढ्दो संक्रमणबाट कैदीबन्दीहरुलाई पनि सुरक्षित राख्ने उद्देश्यले नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले मास्क र सेनिटाइजर लगायतका स्वास्थ सामग्री बितरण गर्नु भएको हो।
यस्तो विषम परिस्थितिमा आमनागरिकहरुलाइ कोभिड१९ बाट बचाउन र सन्क्रमितलाइ उपचार सेवा प्रदान गर्न विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुले सहयोग गरिरहेका छन तर जिल्ला कारगारका कैदीबन्दीलाइ सुरक्षित राख्न बाहिरी संघ संस्थाहरुबाट सहयोग हुन नसकेको बेला कैदीबन्दीलाइ ध्यानमा राखि नगर प्रमुख नरेन्द्र कुमार गुप्ताले ती स्वास्थ्य सामाग्री कारगारका निमित्त प्रमुख इश्वरी आचार्यलाइ हस्तान्तरण गरेका हुन।
यस्तो माहामारीका बेला त्रसित भैरहेको कैदीबन्दीहरुलाइ निषेधाज्ञाका कारणले स्वास्थ सामाग्री र पैसा सहित भेट्न नत्र उनिहरुको आफन्तनै आउछन नत्र यहाँका विभिन्न सरकारी गैरसरकारी एव सामाजिक संघ संस्थाहरुले नै खासै ध्यान दिएका छ्न।
सामाग्री बुझ्दै निमित्त कारगार प्रमुख इश्वरी आचार्याले, कारगारमा बाहिरबाट आउने कैदीबन्दीहरुलाइ पिसिआर परिक्षण गरि मात्र कारगार चलान गरिएको छ भने यहाँ खटिने सुरक्षाकर्मी र हामी कर्मचारीहरु पनि स्वास्थ मापदण्ड अपनाउने गरेका छौँ तर पनि भाइरल ज्वरो र फ्लूको संक्रमण हुने समय रहेकाले कैदीबन्दीहरु स्वास्थ सामग्रीको अभावकै कारण उचित सुरक्षाका मापदण्ड अपनाउन नसकेकाले त्रसित भैरहेको बेला यस्तो परिस्थितिमा हामिलाइ सम्झिदै नगरपालिकाले दिएको यो सहयोग निकै ठूलो र महत्त्वपूर्ण रहेको निमित्त जेलर आचार्यले जानकारी दिनु भयो।
कारगारलाइ स्वास्थ्य सामाग्री हस्तान्तरण गर्दै नगर प्रमुख गुप्ताले केहिदिनमै थप आवश्यक औषधि, भिटामिन्स, जिन्क, मास्क, सेनिटाइजर, ग्लोब्स सहयोग गर्ने प्रतिबद्धता जनाउदै यसबाट कैदीबन्दीहरुको मनोबल पनि उच्च रह्ने बिश्वास व्यक्त गर्नु भयो।
स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा नगर उपप्रमुख रम्भा कुँवरले कारगारमा रहेका कैदीबन्दीहरुको मनोबल उच्च राखन स्वास्थ्य सामग्री, आवश्यक औषधि र टेस्ट, बिरामीलाई उपचारका लागि एम्बुलेन्स समेतको सहयोगमा नगरपालिकाले भरभुर सहयोग गर्ने बताउनु भयो।
उप प्रमुख कुँवरले कोभिड १९ रोकथामका लागि खटिने स्वास्थ्यकर्मी, प्रहरी प्रशासन र कर्मचारीहरुलाइ विभिन्न सरकारी तथा गैर सरकारी संस्थाले सहयोग गर्दै आएपनी कैदीबन्दीहरु पनि यसै देशको नागरिक हुन उनिहरुलाइ पनि कोभिड बाट बचाउन र मनोबल बढाउन हामीले उल्लेखनीय भुमिका खेल्नु पर्ने बताउनु भयो।
स्वास्थ समाग्री हस्तान्तरण कार्यक्रममा कार्यपालिका सदस्य रोशन साह, प्रेस युनियनका उपाध्यक्ष सन्जिव कोइराला लगायतले कैदीबन्दीहरुलाइ ध्यानमा राखी स्वास्थ सामग्री बितरण कार्य राम्रो रहेको बताए।