![](http://safalpost.com/wp-content/uploads/2021/05/received_1119018441929748.jpeg)
जेष्ठ १ विद्यार्थी आन्दोलन गौरवपुर्ण एतिहास रचेको दिन हो । २०१७ सालको महेन्द्र को फौजी काण्ड पछि नेराबिफे को सिङ्गो पङ्तिमा पलायन, निषिक्रयता र अकर्मण्यता देखा पर्यो पछि २०१९ सालमा क्रान्तिकारी विद्यार्थीले भारतको मुजफ्फरमा भेला भै नेराबिफेको नेतृत्वमा देखिएको बैचारिक बिचलनका बारे मा व्यापक बहस गर्दै २०२० सालबाट अन्तरकलेज विद्यार्थी युनियनका नाम मा सङ्गठित हुने र आन्दोलन उठाउने प्रयत्न गरे।
निरंकुश पन्चायती ब्यवस्थाको दबदबाको बिचमा २०२१ सालमा क्रान्तिकारी विद्यार्थीहरुले उपत्यका स्तरिय अन्तरकलेज सम्मेलन गरि असमान सन्धिसम्झौताको खारेजी बैज्ञानिक शिक्षा ,शैक्षिक समस्या को प्रस्ताव पारित गरेको दिन हो जेष्ठ १ गते तेसैले जेष्ठ १ लाई विद्यार्थी एकता र बिजय को दिन हो जेष्ठ १ विशेष गरि आजको दिन मा विद्यार्थी आन्दोलन का महान सहिद तथा बेपत्ता कमरेडहरु गङगालाल, चिनियाकाजी, मित्रमणी आचार्य ,पुर्ण पौडेल ,दिल बहादुर रम्तेल तथा अर्घाखाँची भुमिका कृष्णसेन , केशव आचार्य र एकीकृत जनक्रान्ती महान सहिद प्रज्वल साही लगाइय लाई स्मरण गर्द्छौ।
हामीले ५७ औ विद्यार्थी दिबस मनाउदै गर्दा विद्यार्थी आन्दोलनमा नयाँ उचाइमा पुर्याउनु पर्ने र फेरि क्रान्तिकारी विद्यार्थी आन्दोलन लाई एकीकृत जनक्रान्ती माफर्त बैज्ञानिक समाजबादी शिक्षा प्राप्ती को मार्ग अघि बठ्ने बहस तथा बाटोमा हामी संघर्ष छौ। यस्को अगुवाइ अखिल (क्रान्तिकारी)ले गरेको छ।क्रान्तिकारी विद्यार्थी आन्दोलन लिड गर्दै गर्दो र एकीकृत जनक्रान्ती लाई अगाडि बढाउदै गर्दा १०० औं विद्यार्थी नेता जेल हिरासत चरम यातना भोगेर दुई बर्ष को प्रतिबन्ध चिर्दै हामी अहिले हाम्रो पार्टी ले सरकार संग ३ बुदे सहमति गरे पछि हामी अहिले सान्तिपुर्ण आन्दोलनमा छौ। संसदिय व्यवस्था असफल भैसकेको छ। सरकारलाई ३ बुदे सहमति लाई पालन गर्दै झुटा मुद्दामा गिरफ्तार नेता कार्यकर्ता लाई सरसामान रिहा गर्न जोरदार माग गर्दछु ।
हाम्रो गौरवसाली संगठन अखिल (क्रान्तिकारी) सहिद को रगत ले रक्तरन्जित एतिहास लेखिएको सड्क बागको रुपमा स्थापित लाखौं विद्यार्थीको नेता संगठन कलम र तारा अङ्कित झण्डा मुनि आवद्ध हुन सम्पुर्ण नौजवान क्रान्तिकारी युवा विद्यार्थी साथीहरू लाई अनुरोध गर्दै फेरि पनि २७ औ विद्यार्थी दिवस को हार्दिक शुभकामना दिन चाहान्छु।क्रान्तिकारी लाल सलाम
(लेखक:नवीन खड्का नेकपा निकट अखिल (क्रान्तिकारी)का अर्घाखाँची इन्जार्ज हुन )