ट्रेन्डीङ्ग

कांग्रेस रुपन्देहिले पार्टी कार्यालय आइसोलेसन निर्माणका लागी दिने

बैशाख, २४ रुपन्देही ।
नेपाली काङ्ग्रेस रुपन्देहिले कोरोना महामारिको दोस्रो चरण समुदाय स्तरमा फैलिरहेको र अस्पतालहरुमा बिरामिको लागि बेड अभाब भैरहेक बेला भैरहवा रहेको आफ्नो पार्टी कार्यालय अस्थायी कोभिड अस्पताल वा आइसोलेसन निर्माणको लागि दिने भएको छ ।

काङ्ग्रेस रुपन्देहिको भैरहवा स्थितीत भिम अस्पतालको पछाडी दुई बटा हल, एघार बटा कोठा सहितको दुइतले कम्पाउन्ड सहितको भवन रहेको छ ।

उक्त भनवन आइसोलेसन निर्माणको लागि स्थानिय तह, प्रदेस सरकार, केन्द्र सरकार वा अन्य कुनै गैर नाफामुखी सस्थाले लिन चाएको खण्डमा तत्काल प्रयोगमा दिने ब्यबस्था मिलाइएको नेपाली काङ्ग्रेस रुपन्देहीका सभापती अब्दुल रज्जाकले जानकारी दिनु भयो ।

सरोकार वाला निकाय यो महामारी नियन्त्रण र जनताको जीवन रक्षाको लागि गभिर बन्न आग्रह गर्दै उहाँले कोहि पनि कोभिडका बिरामिलाइ उपचारको लागि बेडको समस्या नहोस भन्ने हेतुले आफुहरु पार्टी कार्यालय आइसोलेसन निर्माणको लागि दिन तयार भएको र आवस्यक अरु सहयोग समेत गर्न तयार रहेको बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal