ट्रेन्डीङ्ग

बहुमत निकट अखिल(क्रान्तिकारी)द्वारा साउन २ गते शैक्षिक हडताल

परासी।नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल(क्रान्तिकारी)ले भोलि साउन ०२ गते देशभर शैक्षिक हड्तालको घोषणा गरेको छ।

अहिले शिक्षा ऐन जारी गर्नका लागि शिक्षा विधेयकमाथि प्रक्रियागत छलफल चलिरहेको छ।छ्लफल जनविरोधी शिक्षा ऐन जारी गर्नेतर्फ अगाडि बढेको छ। त्यस्ता जनविरोधी छलफलको प्रतिरोध गर्न तथा जनपक्षीय शिक्षा ऐन जारी गराउनका लागि हामी निरन्तर संघर्षमा छौं ।

त्यही क्रममा विभिन्न संघर्षका कार्यक्रमहरु सहित साउन २ गतेका दिन देशव्यापी एकदिने आम शैक्षिक हड्तालको घोषणा गरिएको र यस संघर्षमा भौतिक र नैतिक समर्थन सहितको ऐक्यबद्धताका लागि सबैमा हार्दिक आह्वान र अपील गरेको संगठनका लुम्बिनी प्रदेश संयोजक सन्देश सापकोटा ले जानकारी गराएका छन।

नागरिकहरुको मौलिक हक र नैसर्गिक अधिकारको रुपमा रहेको निःशुल्क, समान र वैज्ञानिक शिक्षा सहितको जनपक्षीय शिक्षा ऐन जारी गराउन ,शिक्षा क्षेत्रमा पैसा हुने र नहुनेका बीचमा विद्यमान चरम विभेदको अन्त्य गर्न , नेपालको संविधान, २०७२ को भाग ३ धारा ३१ मा प्रत्येक नागरिकलाई आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निःशुल्क तथा माध्यमिक तहसम्मको शिक्षा निःशुल्क पाउने हक भनी गरिएको व्यवस्था कार्यान्वयन गराउन लगायतका मागहरु शिक्षा एन मा समावेश गरिनुपर्ने भन्दै एकदिने शैक्षिक हड्ताल को घोषणा गरिएको र उक्त घोषणा अवज्ञा गर्ने विद्यालय लाई कारबाही गर्ने समेत संयोजक सापकोटा ले बताएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal