ट्रेन्डीङ्ग

अखिल क्रान्तिकारी लमजुङको अध्यक्षमा राजन साउद

लमजुङ ।
नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लमजुङको ऎतिहासिक २२औं जिल्ला सम्मेलन भब्यताका साथ सम्पन्न भएको छ ।

लमजुङको बेशिसहरमा सम्पन्न जिल्ला सम्मेलनले राजन साउद को अध्यक्षतामा १५ सदस्यीय जिल्ला कमिटी निर्वाचित गरेको छ ।

सम्मेलनका प्रमुख अतिथि पार्टीका केन्द्रिय सदस्य तथा गण्डक ब्युरो इन्चार्ज उमा भुजेल ‘शिलु’ ले सम्मेलनको उद्घाटन गर्दै अहिले देशमा दुईखालको शिक्षा रहेको र पैसा हुनेले पढ्न पाउने र पैसा नहुनेले पढ्न नपाउने विभेदयुक्त छ भन्दै नेकपाले भनेको वैज्ञानिक समाजवादमा सम्पूर्ण शिक्षा नि:शुल्क हुने बताउनुभयो । भुजेलले वैज्ञानिक समाजवादका लागि एकीकृत जनक्रान्तिमा लामबद्द हुन सबै युवा विद्यार्थीलाई आह्वान गर्नुभयो ।।सम्मेलनमा अखिल (क्रान्तिकारी) का केन्द्रीय कोषाध्यक्ष नरेन्द्र वि.क र केन्द्रीय सचिवालय सदस्य मिलन राईले शुभकामना मन्तव्य राखेका थिए भने नेकपाका लमजुङ जिल्ला इन्चार्ज आक्रोशले बधाई मन्तव्य राखेका थिए। सम्मेलनमा तनहुँ जिल्ला इन्चार्ज निशान,लमजुङ्ग जिल्ला सेक्रेटरी गौरव ,क्रान्तिकारीका केन्द्रीय सदस्य तथा गण्डक ब्युरो संयोजक अटल शर्मा,तनहु जिल्ला अध्यक्ष पदम विश्वकर्मा कास्की जिल्ला उपाध्यक्ष कमला परियार लगायत विभिन्न जवस र जिल्लाका नेताहरुको सहभागीता रहेको थियो ।

लमजुङको जिल्ला आयोजक समितिका संयोजक राजन साउदको अध्यक्षतामा भएको सम्मेलनको सञ्चालन शिशिर भण्डारीले गरेका थिए भने स्वागत मन्तव्य सुर्य गुरुङले गरेका थिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal