ट्रेन्डीङ्ग

बिसु सांस्कृतिक टीम जनताको घरदैलोमा

गणेश एसके
कञ्चनपुर /वैशाख ४
कञ्चनपुरमा नव गठित बिसु सांस्कृतिक कलाकारको टीम आफ्ना प्रस्तुति लिएर जनताको घरदैलोमा पुगिरहेको छ । शुक्रबार उक्त टीमले कला, नृत्य र विभिन्न रचनात्मक तरिकाले आफ्ना प्रस्तुति देखाएर बिसु सांस्कृतिक टिमले आफ्ना क्रियाकलाप अघि बढाएको छ ।नव गठित बिसु सांस्कृतिक टिमले आफ्नो पहिलो प्रस्तुति कञ्चनपुरको भीमदत्त नगरपालिका को ब्रह्मदेव मा सम्पन्न गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी शान्ति पूर्ण राजनीति मा आइसके पछी पार्टीका आफ्ना सबै ज. ब. स मोर्चा हरुले पार्टीका क्रियाकलाप तिब्रताका साथ अघि बढाएको छ ।यसै क्रममा पार्टीको दुई महीने जनजागरण अभियान अन्तर्गत भीमदत्त नगर कमिटीले आयोजना गरेको कार्यक्रममा सांस्कृतिक टिमले आफ्नो बेजोड प्रस्तुति देखाएको थियो । उक्त कार्यक्रम मा जिल्ला पार्टी इन्चार्ज तथा प्रमुख अतिथि रहेका रमेश नेपाली (जीवन) ले कार्यक्रममा बोल्दै एकिकृत जनक्रान्ति को यात्रामा सांस्कृतिक टिमको महत्व पूर्ण भूमिका रहने बताएका छन । कला , नृत्य, र गीतका माध्यमबाट हामीले आम जनसमुदायमा हाम्रा विचार धारणा पुर्याउन सफल हुने बताएका छन् ।

क.दीपेन्द्र ऐरी को अध्यक्षता मा भएको उक्त कार्यक्रममा अतिथि अखिल क्रान्तिकारी सेम ब्युरो इन्चार्ज वीरेन्द्र शाह, केन्द्रिय सदस्य प्रकाश जप्रेल, संकर महरा, युवाका अध्यक्ष वीरेन्द्र जोशी लगायत अन्य जनसमुदायको सहभागिता रहेको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal