ट्रेन्डीङ्ग

एनएमबि बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त

काठमाडौं। एनएमबि बैंक लिमिटेडले गोविन्द घिमिरेलाई नयाँ प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गरेको छ। घिमिरेले आजैदेखि औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।

तीन दशकभन्दा बढी समयदेखि बैंकिङ क्षेत्रमा सक्रिय घिमिरे विगत १६ वर्षदेखि एनएमबि बैंकसँग आबद्ध छन्। बैंकको विभिन्न विभाग तथा शाखाहरूको नेतृत्व सम्हाल्दै उनले बैंकको सेवा विस्तार, वित्त व्यवस्थापन, क्रेडिट जोखिम व्यवस्थापन, रणनीतिक योजना तथा सञ्चालन सुधारमा महत्वपूर्ण योगदान दिएका छन्।

सीईओको जिम्मेवारी सम्हाल्दै घिमिरेले आफू नवप्रवर्तन, दिगो साझेदारी र समावेशी वित्तीय सेवामा केन्द्रित रहने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले भने, “डिजिटल प्रविधि र नयाँ सोचको समावेशसँगै हामी ग्राहक, समुदाय र राष्ट्रसँग मिलेर दिगो र सकारात्मक परिवर्तन ल्याउने दिशामा अघि बढ्नेछौं।”

सोही अवसरमा बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्यायलाई वरिष्ठ नायव प्रमुख कार्यकारी अधिकृत (Senior DCEO) पदमा पदोन्नति गरिएको छ। स्वदेशी तथा विदेशी बैंकिङ क्षेत्रमा अनुभव हासिल गरेका उपाध्याय अन्तर्राष्ट्रिय व्यापार तथा सम्बन्धमा गहिरो ज्ञान राख्ने बैंकरको रूपमा चिनिन्छन्।

बैंकले अनुभव र निरन्तरतामा आधारित नयाँ नेतृत्वमार्फत ‘समृद्ध नेपाल’ को उद्देश्यमा अझ प्रभावकारी रूपमा अघि बढ्ने विश्वास व्यक्त गरेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?



© आजको राशिफल
© Foreign Exchange Rates
© Gold Price Nepal