
काठमाडौ।कौण्डिन्य गोत्रीय पाठक समाजको केन्द्रिय अध्यक्षमा प्रा.डा.गणेश प्रसाद पाठक निर्वाचित भएका छन।काठमाडौको टोखामा सम्पन्न छैठौं राष्ट्रिय सम्मेलन तथा अधिवेशनले पाठकको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ।
जसको बरिस्ठ उपाध्यक्ष माया पाठक, उपाध्यक्षहरुमा भानुभक्त पाठक, भिमलाल पाठक, जयप्रकाश पाठक र जगदीश पाठक निर्वाचित भएको निर्वाचन मण्डल संयोजक बेनुप्रसाद पाठकले जानकारी दिए।
सम्मेलनले महासचिवमा केशव पाठक, सचिव रुक्मागत पाठक, सहसचिवमा छविलाल पाठक र कोषाध्यक्षमा चोलाप्रसाद पाठक चयन भएका छन।
त्यसैगरी सदस्यहरुमा निर्मला पाठक, घनस्याम पाठक,सागरमणी पाठक,कृष्ण पाठक,धर्मागत पाठक र गितादेवी पाठक चयन भएका छन भने क्षेत्रीय अध्यक्षहरु पदेन केन्द्रिय सदस्य हुनेछन।साथै सल्लाहकार संयोजकमा जीवन पाठक चयन भएका छन।
बालकृष्ण पाठकको संयोजकत्वमा ३ सदस्यीय लेखासमिति चयन गरेको छ जसमा सदस्यहरु खेम प्रसाद पाठक र गोमा सिग्देल पाठक निर्वाचित भएको निर्वाचन मण्डल जनाएको छ।
दुई दिनसम्म चलेको सम्मेलनले ८४ पुजा गरेका वुवाआमा, नेपाल सरकारका अधिकृत स्तर वा सो भन्दा माथि, प्राविधिक विषयमा स्नातकोत्तर एवम् पि एच डी गरेका, राष्ट्रिय स्तरका कलाकार, खेलाडी, उत्कृष्ट कृषक तथा व्यावसायी, जन प्रतिनिधी, लेखक, सञ्चार कर्मीलगायतलाई सम्मान गरिएको समाजले जनाएको छ।
समाजका सदस्यहरूको बसोबासका आधारमा ९ वटा क्षेत्रहरू निर्माण गरी क्षेत्रीय कार्य सञ्चालन गर्दै आएको र सदस्यहरूको थप विकासका लागि युवा र महिलाहरुको समिति बनाई काम गर्दै आएकोसमेत समाजले जनाएको छ ।