ट्रेन्डीङ्ग

खैरो हिरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ

परासी।पश्चिम नवलपरासीबाट खैरो हिरोइनसहित दुई जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ।पक्राउ पर्नेमा भारत उत्तर प्रदेश महाराजगञ्ज बस्ने ३४ वर्षीय पंकज कुमार दुबे (डबलु) र २५ वर्षीय विजय मधेसिया रहेका छन।

जिल्लाको पाल्हिनन्दन गाउँपालिका-५ स्थित चमनटोला भित्री सडकखण्ड प्रहरी  टोलीले भारतिय यूपी नम्बर प्लेट युपी ५६ एजे ५८६७ नम्बरको मोटरसाइकललाई रोकेर चेकजाँच गर्दा प्रतिबन्धित लागूपदार्थ फेला पारेको हो।

मोटरसाइकल चालक भारत उत्तर प्रदेश,महाराजगञ्ज निवासी ३४ वर्षीय पंकज कुमार दुबे (डबलु) र पछाडि सवार २५ वर्षीय विजय मधेसियाको साथबाट ONEREX लेखिएको १५ बोतल र PROXYCO SPAS लेखिएको ४९ क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।

शरीर खानतलासी गर्दा दुबेले आफ्नो पाइन्टको भित्री भागमा लुकाई राखेको अवस्थामा ३ ग्राम ९१० मिलिग्राम खैरो हिरोइन जस्तो देखिने पदार्थ फेला परेको थियो।

पक्राउ परेका दुवै जनालाई मोटरसाइकलसहित नियन्त्रणमा लिइ जिल्ला प्रहरी कार्यालयमार्फत थप अनुसन्धान अगाडि बढाइएको छ।अदालतबाट १० दिनको म्याद थप लिएर अनुसन्धान भइरहेको प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी बीर दत्त पन्तले जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?