ट्रेन्डीङ्ग

गाउँपालिका अध्यक्षमाथि आक्रमण गर्ने आचार्य चार दिनदेखि फरार

परासी।विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरी माथि आक्रमण गर्ने सन्दिप आचार्य चार दिन फरार छन।उनलाई प्रहरीले खोजि राखेको बताएपनि हालसम्म उनि पक्राउ भएका छैनन् ।

आचार्यले शुक्रबार गाउँपालिकाको कार्यालय परिषरमा गाउँपालिका अध्यक्ष गिरी माथि आक्रमण गरेका थिए । घटना लगत्तै फरार रहेका आचार्यको खोजि कार्य जारी राखेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक (एसपी) यादव ढकालले बताए । आचार्यको खोजि कार्यका लागि प्रहरी परिचालन देखि उनको अन्तिम लोकेसन पत्ता लगाउने काम भई रहेको उनले बताए ।

गाउँपालिका अध्यक्ष माथि आक्रमण गर्ने व्यक्ति हालसम्म पक्राउ नहुदाँ कार्यालयमा कार्य गर्न समेत असहज परिस्थिति जनप्रतिनिधिहरुले महसुस गरिरहेको गाउँपालिकाका प्रवक्ता नुरेन्द्र शाहाले बताए । गाउँपालिका अध्यक्ष माथि आक्रमण गर्ने व्यक्तिलाई तत्काल कानुनि कारवाहीको दायरामा ल्याउदै सहज वातावरणमा कार्यसम्पादन गर्ने अवस्था सृजना गर्न समेत उनले राजनीतिक दल, नागरिक समाज, सुरक्षा निकायलाई अनुरोध गरेका छन् ।

नेकपा एमाले निकट राष्ट्रिय युवा संघको गाउँपालिका कमिटी अध्यक्ष समेत रहेका आचार्यलाई एमालेले पार्टीको साधारण सदस्य समेत नरहनेगरी कारवाहीका लागि गाउँपालिका कमिटीले जिल्ला कमिटीलाई सिफारिस गरेको छ । आचार्यलाई गाउँ कमिटीबाट प्राप्त सिफारिसको आधारमा कारवाहीको प्रक्रिया अघि बढेको जिल्ला कमिटी अध्यक्ष जीवन श्रेष्ठले बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?