ट्रेन्डीङ्ग

रेडक्रस कावासोतीमा ‘डेथ बडी फ्रिजर’ सेवा सुरू

कावासोती।पूर्वी नवलपरासीको नेपाल रेडक्रस कावासोती उपशाखाले मर्डर चेम्बर ( डेथ बडी फ्रिजर ) सेवा सञ्चालन गरेको छ। उपशाखाले दुईवटा शव राख्ने मर्चरी चेम्बर खरिद गरी सेवा सञ्चालन गरेको हो । 

पूर्वी नवलपरासीको नेपाल रेडक्रस कावासोती उपशाखाले मर्चरी चेम्बर (डेथ बडी फ्रिजर) सेवा सञ्चालन

तस्बिर: धनु भुसाल

अधिकांश युवा विदेशमा भएको र आफन्तको मृत्युपछि तत्कालै स्वदेश आउन नसक्ने तथा विभिन्न कारणले शवलाई घरमा नै केही दिन राख्नुपर्ने अवस्था आएमा ‘डेथ बडी फ्रिजर’ आवश्यक पर्ने भएकाले सेवा सञ्चालन गरिएको उपशाखाका अध्यक्ष बाबुराम कँडेलले बताए ।

‘धार्मिक तथा विविध कारणले मृत्युपश्चात तत्कालै अन्त्येष्‍टि गर्न नसकिने अवस्था आएमा शव कुहिने र व्यवस्थापनमा समस्या आएको पनि भेटियो,’ उनले भने, ‘अस्पतालले घर लैजान भन्ने र घरमा ल्याउँदा शव राख्ने उपकरण नहुँदा पर्ने समस्या समाधानका लागि यो सेवा सञ्चालन गरिएको हो ।’

तत्कालका लागि दुई वटा मर्चरी चेम्बर खरिद गरेको र यसको व्यवस्थापनका लागि रेडक्रसको कार्य क्षेत्रभित्र १ हजार ५ सय शुल्कमा प्रयोग गर्न सकिनेछ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?