ट्रेन्डीङ्ग

निजामती कर्मचारी सङ्गठनद्वारा दृष्टिविहीन विद्यार्थीलाई सामग्री वितरण

परासी।नेपाल निजामती कर्मचारी सङ्गठन नवलपरासी जिल्ला समितिले दृष्टिविहीन विद्यार्थीलाई वाटर डिस्पेसर एव बोतल वितरण गरेको छ। जिल्लाको सदरमुकाम परासी स्थिति आदर्श माध्यामिक विद्यालयमा अध्ययनरत दृष्टि विहीन विद्यार्थीलाई एक कार्यक्रमका बिच आवश्यक पर्ने सामाग्री हस्तान्तरण गरिएको सङ्गठनका अध्यक्ष देवी लाल पौडेलले जानकारी दिए ।

सामाजिक उत्तरदायित्व अन्तर्गत दृष्टिविहीन विद्यार्थीलाई वाटर डिसपेन्सर बितरण गरिएको अध्यक्ष पौडेलले बताए ।

दृष्टिविहीन विद्यार्थीहरूलाई जिल्ला समन्वय समितिका प्रमुख भगौतीप्रसाद यादव तथा सङ्गठनका अध्यक्ष देवीलाल पौडेलले संयुक्त रुपमा आर्दश माविका विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष लक्ष्मण यादवलाई वाटर डिसपेन्सर हस्तान्तरण गरिएको सङ्गठनका सचिव अमृत भुसालले जानकारी दिए ।

हस्तान्तरण गदै समन्वय प्रमुख यादवले सङ्गठनले अनुकरणीय कार्य गरेको भन्दै प्रशास गरेका थिए । उनले यसलाई सुरक्षित साथ प्रयोग गर्न आग्रह गदै आगामी दिनमा यस्तो रचनात्मक कार्य गदै जान सङ्गठनलाई सुझाव दिए ।

गर्मी महिनामा पानी चिसो गर्ने र जाडो मौसममा तातो गर्ने खालको वाटर डिसपेन्सर सगै प्लाष्टिकको बोतलहरू पनि बितरण गरिएको सङ्गठनकी उपाध्यक्ष गुजेश्वरी चौधरीले जानकारी दिइन।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?