
सुनवल।कौण्डिन्य गोत्रीय पाठक समाज नेपाल क्षेत्र नं. ७ को छैटौ साधारणसभा तथा क्षेत्रीय अधिवेशन सम्पन्न भएको छ। पश्चिम नवलपरासीको रामग्राम-१८ धरमपुरमा सम्पन्न अधिवेशनले सविन पाठकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति समिति चयन गरेको छ।
जसको उपाध्यक्षमा गङ्गा प्रसाद पाठक र मनरूपा पाठक, सचिवमा प्रदीप पाठक,सहसचिवमा दामोदर पाठक, कोषाध्यक्षमा मिना पाठक चयन भएको निर्वाचन मण्डल संयोजक विश्वप्रेम पाठकले जानकारी दिए।
त्यसैगरी सदस्यमा क्रमश: गणेश पाठक, ठगप्रसाद पाठक, विष्णु पाठक, राजेन्द्र पाठक र जानुका पाठक चयन भएको छन ।
रोमणी पाठकको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन भएका गरेको छ । जस मध्य सदस्यहरूमा नारायण पाठक र गीता पाठक रहेका छन । अधिवेशनको निर्वाचन मण्डलमा विश्वप्रेम पाठकको संयोजकत्वमा चन्द्र कान्त पाठक र जयवल्लभ पाठक रहेका थिए।
छैटौँ साधारणसभा तथा अधिवेशन कार्यक्रम क्षेत्रीय अध्यक्ष सविन पाठकको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य विश्व प्रेम पाठक प्रमुख आतिथ्यमामा सम्पन्न कार्यक्रममा कौडिण्य गोत्रीय पाठक समाजका केन्द्रीय सदस्य चन्द्र कान्त पाठक, क्षेत्र ७ का पूर्वअध्यक्ष जयवल्लभ पाठक, काशिराम पाठक, नमकांत पाठक, गंगाधर पाठक लगायत उपस्थित कार्यक्रमको सचिव गङ्गा पाठकले सञ्चालन गरेका थिए।
समाजको पहिलो बैठकले ७ सदस्य सल्लाहकार समिति चयन गरेको नवनिर्वाचित अध्यक्ष सविन पाठकले जानकारी दिए । जयबलभ पाठक , नमकान्त पाठक ,काशिराम पाठक ,गोपाल पाठक, गङ्गाधर पाठक टोपराज पाठक र डील पाठकलाई सल्लाहकार समिति चयन गरेको छ। समाजको केन्द्रीय अधिवेशन चैत्र २९ र ३० गते काठमाडौंमा हुदैछ।