
सुनवल।खानेपानीको निर्वाचनमा बागी उम्मेद्वारी दिएकालाई सत्तागठबन्धनले कारवाहिको सिफारिस गरेको छ।
सत्ता गठबन्धन नेपाली काङ्ग्रेस र नेकपा एमालेले पार्टी नीति विपरीत अँधेरीखोला खानेपानी तथा सरसफाइ आयोजनाको निर्वाचनमा सचिव पदमा उम्मेद्वारी नेपाली काङ्ग्रेसका केशव कान्त न्यौपाने तथा अध्यक्ष पदमा उम्मेद्वारी दिएका राजकुमार श्रेष्ठ र कोषाध्यक्ष पदमा उम्मेदवारी दिएका जगतराम कँडेललाई नेकपा एमालेले कारबाही सिफारिस गरिएको हो।
नेपाली काङ्ग्रेस सुनवल वडा ११ कार्यसमितिले नगरसमितिलाई सम्बोधन गर्दै पार्टीका क्रियाशील सदस्य समेत रहेका केशवकान्त न्यौपानेलाई साथै नेकपा एमाले वडा ११ कमिटीले पार्टीका साङ्गठनिक सदस्य जगतराम कँडेल र वडा १२ कमिटीले पार्टीका साङ्गठनिक सदस्य साथै जिल्ला सल्लाहकार समिति सदस्य रहेका राजकुमार श्रेष्ठलाई कारवाहीको सिफारिस गरेको छ।
नेताहरूले पार्टी निर्णयविपरीत उम्मेदवारी दिएको, सार्वजनिक रूपमा पार्टी नीति विपरीत अभिव्यक्ति दिएको र विपक्षी दलहरूसँग साँठगाँठ गरेको आरोप लागेको छ । पार्टी अनुशासन उल्लङ्घन गरेको भन्दै उनीहरूलाई निष्कासनसहित कारबाही प्रक्रिया अघि बढाइएको पत्रमा उल्लेख गरिएको छ। अध्यक्ष, सचिव र कोषाध्यक्ष पदका लागि चैत ९ गते शनिबार चुनाव हुदैछ ।