ट्रेन्डीङ्ग

प्रतापपुरमा भूमि आयोगद्वारा जग्गा नापजाँच सुरु

सुनवल।पश्चिम नवलपरासीको प्रतापपुरमा भूमि समस्या आयोगले जग्गा नापजाँचको काम सुरु गरेको छ।भूमिहीन,दलित भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीका लागि जग्गा धनी लालपुर्जा वितरणका लागि जग्गा नाप्न सुरु गरेको हो।

प्रतापपुरमा १ हजार ६ सय ६८ अव्यवस्थित बसोवासी रहेका छन।प्रतापपुर गाउँपालिकाको ९ वटै वडामा क्रमैसंग जग्गा नाप्ने काम हुने प्रतापपुर गाउँपालिकाका अध्यक्ष उमेश चन्द्र यादवले बताए।

जिल्लाको सात वटा पालिका मध्य पाल्हिनन्दन गाउँपालिका बाहेक अन्य सबै पालिकामा जग्गा प्राप्तिका लागि भूमिहीन र अव्यवस्थित बसोबासले फारम भरिसकेका छन।जिल्लामा २१ हजार २ सय २८ जना भूमिहीन,सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेको भूमि समस्या समाधान आयोग नवलपरासीका अध्यक्ष लाल बहादुर गुरुङले बताए।

आयोगका अनुसार सबैभन्दा धेरै बर्दघाट नगरपालिकामा ७ हजार २ सय ७४,सुनवल नगरपालिकामा ६ हजार,सरावल गाउँपालिका २ हजार ४ सय ३ ,सुस्ता गाउँपालिकाका २ हजार ३ सय , प्रतापपुर गाउँपालिका १ हजार ६ सय ६८ र रामग्राम नगरपालिकामा १ हजार ५ सय ८३ जनाले फारम भरेका छन।पाल्हिनन्दन गाउँपालिकामा भने फारम भर्ने काम पनी हुन सकेको छैन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?