ट्रेन्डीङ्ग

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीद्वारा जनसम्बन्ध विस्तार अभियानको तयारी

नवलपरासी – मोहन बैद्य किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल जिल्ला समिति नवलपरासीले जनगणतन्त्रको प्राप्तिको लागि जनमत तयार गर्न जनसम्बन्ध विस्तार अभियान संचालनको तयारी गरेको छ।

देशमा पुर्नरोत्थानवादी शक्तिहरु सल्बलाएको भन्दै पार्टी केन्द्र र ब्युरोको योजना अनुसार जिल्लामा डेढ महिनाको जनसम्बन्ध विस्तार अभियान संचालनको निर्णय गरिएको थियो ।

पार्टीका केन्द्रीय सदस्य तथा जिल्ला ईन्चार्ज क्षेत्र बहादुर थापाले पार्टी केन्द्रले चैत्र ४ गते देखि २०८२ बैशाख १८ गते सम्म तय गरेको अभियानलाई सफल बनाउन जिल्ला समितिको बैठकले थप स्पष्ट बनाउदै योजना तथा निर्देशिका तयार गरेको जानकारी दिए ।
अभियानमा पार्टीलाई जनस्तरमा जोडेर स्थापित बनाउने, पार्टी संगठन सुदृढ बनाउने,पार्टीको समर्थक समुह निर्माण गर्ने,जनवर्गीय तथा मोर्चा संगठनको सदस्यता विस्तार र संगठन निर्माण गर्ने,पार्टीको विचार एंव कार्यदिशा बारे जनतालाई सुसुचित गर्ने,जिल्लाको संर्घषको खाका तयार गर्ने उद्धेश्य राखिएको उहाँको भनाई छ ।
सो पार्टीका बैकल्पिक केन्द्रीय सदस्य तथा जिल्ला सेक्रेटरी रवि पाण्डेयले अभियान संचालनको क्रममा पार्टी सदस्यहरुलाई अनिवार्य सेलमा आबद्ध गर्ने,एक पालिका एक नमुना वडा, पार्टीको पालिका अधिबेशन, जनताको मुद्धा लिने र स्थानीय संर्घषको थालनी गर्ने , उत्पादनसंग जोडेर पार्टीलाई आत्मनिर्भर बनाउन प्रयत्न गर्ने लक्ष्य निर्धारण गरिएको बताए ।

जनसम्बन्ध विस्तार अभियानको चरण २०८१ चैत्र ४ गते देखि २०८२ बैशाख १८ गते सम्म र त्यसको समिक्षा पछि २०८२ बैशाख २० देखि असार ५ सम्म पुनः डेढ महिनाको संगठन विस्तार तथा सुदृढ अभियान संचालन गरिने उनले जानकारी दिए ।
जिल्लाको सापेक्षतामा जनसम्बन्ध विस्तार अभियान सुस्ता गाउँपालिकाबाट शुरु गरिने र आलोपालो टोली बनाएर हरेक पालिकाको एउटा वडालाई जोड दिने र अन्यलाई ध्यान दिएर टोलीले काम गर्ने योजना रहेको पार्टीले जनाएको छ ।

अभियानकै बीचमा चैत्र १२ गतेसम्म पालिका कमिटीको बैठक बसेर योजना बनाउने , प्रत्येक वडामा कम्तीमा पाँच वटा नारा लेख्ने,प्रचारका लागि पर्चा वितरण तथा १० वटा कोण सभा गर्ने ,सम्भव भएका जनवर्गीय तथा मोर्चा संगठनका जिल्ला आयोजक समिति गठन गर्ने , स्वतन्त्र बिद्यार्थी युनियनको चुनावमा पार्टी पंक्ति परिचालित हुनेलगायत काम हुने छन।

अभियानकै क्रममा जिल्लास्तरमा क्रान्तिकारी संयुक्त मोर्चा गठन गर्ने ,चैत्र ५ गते सांस्कृतिक प्रतिरोध दिवस मनाउने, जनआन्दोलन दिवस (चैत्र २४)मा ब्युरोको कार्यक्रममा सहभागी हुने लगायतका कार्यक्रम बनाइएको सेक्रेटरी पाण्डेयको भनाई छ ।

त्यस्तै २०८१ चैत्र २६ देखि बैशाख १८ सम्मको कार्यक्रम समेत निर्धारण गरिएको पार्टीले जनाएको छ । जस अनुसार युवा, विद्यार्थी ,मजदुर ,किसान, महिला संगठन र दलित संगठनको सदस्यता प्राथमिकतामा वितरण गर्ने , नमुना वडामा न्युनतम पार्टीको ३ सेल वटा सहित ३० जनाको जवस मोर्चाको सदस्यता विस्तार गर्ने , केन्द्रीय अभियान टोलीको ब्यवस्थापकीय जिम्मा लिने , वि.स.२०८२ बैशाख ६ देखि ८ गते सम्म केन्द्रीय अभियान टोलीको कार्यक्रमलाई सफल बनाउने र वि.स.२०८२ बैशाख १८ गते मई दिवस कार्यक्रममा काठमाण्डौमा ब्यापक रुपमा सहभागिता जनाउने लगायत छन।

केन्द्रीय अभियान टोलीले जिल्लाको सदरमुकाममा राजनैतिक दलहरुबीच अन्तरक्रिया गर्ने सम्भव भए सम्म सबै पालिकाको केन्द्र नजिक कोणसभा गर्ने,आधारभुत वर्गको बस्तीमा जनभेटघाट गर्ने,भारत अतिक्रमित सुस्ता पुगेर जनतासंग अन्तरक्रिया गर्ने लगायतका कार्यक्रमतय गरिएको पार्टीले जनाएको छ ।

त्यस्तै पार्टीले अभियानको क्रममा स्थानीय रुपमा जनसंर्घषका कार्यक्रम समेत तय गरिएको बताएको छ । जसमा माग पत्र बुझाइएका स्थानीय तहहरुमा ध्यानाकर्षण, बिभिन्न कार्यालयहरुका ज्ञापन पत्र , धर्ना जुलुस जस्ता कार्यक्रम गरिने जनाइएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?