ट्रेन्डीङ्ग

माओवादी केन्द्रको सुनवल ७ र ८ वडा अधिवेशन सम्पन्न

सुनवल।नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सुनवल नगर कमिटीको वडा नम्बर ७ र ८ को अधिवेशन सम्पन्न भएको छ।
सुनवल-७ का अध्यक्ष हर्क बहादुर गुरुङको अध्यक्षता तथा पूर्व राज्यमन्त्री एवम् माओवादी केन्द्रका केन्द्रीय सदस्य घनश्याम यादवको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनमा माओवादी आन्दोलनको योगदान र गणतन्त्र स्थापनामा पार्टीको भूमिकाबारे चर्चा गरिएको थियो।

प्रमुख अतिथि यादवले जनताको आवाज उठाउन, विकास र सेवा सुविधा पुर्‍याउन शहीदहरूको त्यागको सम्मान गर्दै जनप्रतिनिधिहरूले जनताको अपेक्षा पूरा गर्नुपर्नेमा जोड दिए।

त्यसैगरि केन्द्रीय सदस्य तथा जिल्ला नवलपरासी इन्चार्ज भविश्वर तिवारी (आजाद) ले पार्टीको आदर्श, कार्यप्रणाली, र जनताको अधिकार सुनिश्चित गर्न संगठनलाई थप सुदृढ बनाउनुपर्ने बताए।

सुनवल-७ का वडा अध्यक्ष नारायण प्रसाद आचार्यले समाजका समस्याहरू सम्बोधन गर्दै पार्टीलाई थप शक्तिशाली बनाउदै जानुपर्नेमा जोड दिइएका थिए।

कार्यक्रममा मोहन कार्की, अकबिर बिक, प्रतिभा कार्की क्षेत्री, मिलन गुरुङ, लोक बहादुर श्रेष्ठ, नर बहादुर खाती, राम बहादुर थापा क्षेत्री, ईश्वर राना लगायतले माओवादी आन्दोलन र सहिदहरूको त्यागबारे चर्चा गरेका थिए।

अधिवेशनले सुनवल-७ मा हर्क बहादुर गुरुङको अध्यक्षतामा २१ सदस्यीय कार्यसमिति र सुनवल-८ मा दिपक थापाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति गठन गरेको चन्द्रबहादुर बिकले जानकारी दिए।

कार्यक्रममा वृद्ध, शहीद तथा बेपत्ता परिवारलाई सम्मान गरिएको सुनवल नगर कमिटीका अध्यक्ष मोहनबहादुर कार्कीले  जानकारी दिए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?