
परासी।पश्चिम नवलपरासीका तीन वटा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। दिव्यज्योति बहुमुखी क्याम्पस बर्दघाट, पाल्ही बहुमुखी क्याम्पस रामग्राम र त्रिभुवन क्याम्पस बेलाटारी प्रतापपुरमा उम्मेदवारी दर्ता गरिएको छ। जिल्लाका ३ वटै क्याम्पसमा नेविसंघको एकल उम्मेदवारी पर्दा स्वतन्त्र सहित अन्य संगठनले छुट्टाछुट्टै तालमेल गरेका छन।
दिव्यज्योति बहुमुखी क्याम्पसमा विभिन्न दल निकट विद्यार्थी संगठनका ३ जना र एक स्वतन्त्र गरी चार जनाको सभापतीमा उम्मेद्धवारी परेको छ।एमाले निकट विद्यार्थी संगठन अनेरास्ववीयु र अन्य विभिन्न संगठन संगको संयुक्त प्यानलबाट सभापती पदमा अनेरास्ववीयुका सन्दिप देवकोटाले उम्मेद्धवारी दिएका छन। भने काग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ) बाट शसि बिकले उम्मेद्धवारी दर्ता गराए । यसैगरी नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तीकारी सहित माओवादी सम्वद्ध दलहरु निकट विद्यार्थी संगठनबाट अखिल क्रान्तीकारीका शिसिर पाण्डेले सभापतीमा मनोनयन दर्ता गराएका छन भने विश्वनाथ भण्डारीले स्वतन्त्र रुपमा सभापतीमा उम्मेद्धवारी दर्ता गरेको क्याम्पसका प्राचार्य एवं निर्वाचन प्रमुख दीपक खड्काले जानकारी दिए । दिव्यज्योतीमा १ हजार ३ सय ८७ विद्यार्थी मतदाता छन।
यता पाल्ही बहुमुखी क्याम्पसमा पनि सभापतीमा चार जनाको उम्मेद्धवारी परेको छ । जसमा अध्यक्षमा नेविसंघका निरज प्रसाद धवल, सिके रावत नेतृत्वको जनमत पार्टी सम्वद्ध विद्यार्थी संगठन, विद्यार्थी जनमत संघबाट रामजनम बाँनियाले सभापतीमा उम्मेद्धवारी दर्ता गराएका छन भने अखिल क्रान्तीकारीको सर्मथनमा जसपा नेपाल सम्वद्ध विद्यार्थी संगठनबाट समाजवादी विद्यार्थी युनियनका अजय हरिजनले सभापतीमा मनोनयन दर्ता गरे । एमाले सम्वद्ध अनेरास्वीयुका दुग्रेस गुप्ताले सभापतीमा उम्मेद्धवारी दर्ता गराएको क्याम्पस प्रमुख दिपक अर्यालले जानकारी दिए । उता त्रिभुवन क्याम्पस बेलाटारीमा पनि चार जनाको सभापतीमा उम्मेद्धवारी परेको छ।जसमा अनेरास्ववियुबाट आशिस कुमार गुप्ता तेली, नेविसंघबाट आदित्य गडेरी पाल, हृदयस त्रिपाठी निकट विद्यार्थी समुह र अखिल क्रान्तीकारीको संयुक्त प्यानलबाट राजा गोसाई र विद्यार्थी जनमत संघबाट रामकृपाल गुप्ताले सभापतीमा मनोनयन दर्ता गराएको क्याम्पसका निर्वाचन संयोजक रामप्रसाद भट्टराईले जानकारी दिनुभयो । त्रिभुवन क्याम्पसमा ४ सय ८ जना मतदाता छन्।
एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले जिल्लाका तिनवटा क्याम्पसमा एकिकृत समाजवादी निकट विद्यार्थी संगठन र नेपाल कम्युनिष्ट पार्टी बहुमत निकट विद्यार्थी संगठन संग प्यानल बनाएर निर्वाचनमा होमिएको अनेरास्ववियुका जिल्ला अध्यक्ष संजय मौर्यले जानकारी दिए ।
काग्रेस निकट नेविसंघले भने कुनै पनि संगठन संग एलाईन्स गरेको छैन् । नेविसंघ एकल उम्मेद्धवारी खडा गरेर मैदानमा उत्रिएको सभापती कमल बस्यालले बताए। यसैगरी माओवादी केन्द्र निकट अनेरास्ववियु क्रान्तीकारी सहित मोहन वैद्य निकट विद्यार्थी संगठन सहित नेकपा मसाल निकट अखिल छैटौँले चुनावी गठनबन्धन गरेको वैध अखिल क्रान्तीकारीका अध्यक्ष रमेश पाण्डेले बताए।
आगामी चैत्र ५ गते चुनाव हुदै छ ।यसअघि २०७९ चैत्र ५ गते भएको स्ववियु निर्वाचनमा त्रिभुवन क्याम्पस र दिव्य ज्योति बहुमुखी क्याम्पसमा अनेरास्वियुको प्यानल विजय भएको थियो भने पाल्ही क्याम्पसमा जनमतको प्यानल विजय भएको थियो ।